समाजवादी ध्रुवीकरणको चुनौती

बिहिबार, २६ असोज २०७४, ११ : ४५ विकेश श्रेष्ठ ‘कुशल’


वामपन्थी तालमेल र पार्टी एकताले नेपालको राजनीतिमा फेरी अर्को क्रमभंग गरेको छ । शान्ति प्रक्रियाको  सहमतीय राजनीति अब दुई ध्रुवीय प्रतिस्पर्धामा, अस्थिर सरकारबाट स्थायी सरकार बन्ने परिस्थितितर्फ उन्मुख गराएको अनुभूति देशलाई भएको छ । यसले जनतामा आश जगायो र ‘फुटाऊ र राज गर’ भन्नेको त्रास बढायो ।
नयाँ ध्रुवीकरणको यो प्रक्रियामा सम्भावनाका तुलनामा चुनौती अधिक छन्  । यो ध्रुवीकरणको प्रक्रिया मुख्यतः सरकार सञ्चालनमा सहजताको स्थितिमा दल हुनेछन्  । राज्य संयन्त्रलाई विकासमुखी  बनाउन अनुकूल हुनेछ । बाह्य हस्तक्षेपबाट सरकार सापेक्षरूपले भए पनि स्वतन्त्र हुनेछ र राजनीतिक दलहरूप्रति जनताको बढ्न सक्ने अविश्वास रोकिनेछ  ।   
वाम पार्टी एकतामा नेकपा एमाले सबभन्दा अनुकूल अवस्थामा छ । एकता र तालमेलमा एमाले ठूलो दलको हैसियतको मनोविज्ञानमा ६० र ४० को भागमा छ । दोस्रो संविधान सभा र स्थानीय निर्वाचनको मत परिणामलाई तालमेलको आधार बनाउन सक्नु नै एमालेको अनुकूलता हो । वाम गठबन्धन एमालेका लागि वरदान जस्तै  बन्यो  किनकि कांगे्रस माओवादी सम्बन्ध तोड्नु उसको राजनीतिक  सफलता हो । गठबन्धनमा ठूलो दलले सरकारको नेतृत्व स्थायीरूपले प्राप्त गर्नु एमालेको नेता गणलाई बोनस पाएजस्तै हो । स्थानीय तहको निर्वाचनमा सबभन्दा बढी स्थान हात पारेको एमालेका लागि संघीय र प्रादेशिक  सरकारबिना स्थानीय सरकारको भूमिका प्रभावकारी बनाउन सम्भव थिएन ।
एमालेका लागि एकता बाध्यकारी अवस्था थियो नै, त्योभन्दा ठूलो र चुनौतीपूर्ण अवरोध राष्ट्रिय राजनीतिको मियोझैँ प्रचण्ड राज नेतृत्व भएको अनुभूत ग¥यो । प्रचण्ड नेतृत्वको निरन्तरता एमालेमात्र नभएर नेपाली कांग्रेस र बाह्य शक्तिकेन्द्रहरू पनि मनोगतरूपले दबाब रहिरहेको अवस्थाबाट उन्मुक्ति चाहिरहेका थिए । बाम गठबन्धन र राजनीतिक ध्रुवीकरण प्रचण्डमा केन्द्रित नेतृत्व सामना गर्नु नपर्ने ठम्याइ छ ।
एमालेका लागि वैचारिक चुनौती माओवादी विचार र त्यसको संगठनात्मक माओवादी अस्तित्वमा रहँदासम्म एमाले राष्ट्रिय राजनीतिमा पहिलो बन्ने सम्भावना छैन ।  विगतमा माओवादीलाई निषेध गरेर सत्तामाथि वर्चस्व कायम गर्ने एमालेको प्रयासले पनि काम गरेन । यी मूलभूत विषयमा एमालेका बाध्यता र आवश्यकताले पार्टी एकतासम्मको प्रस्तावना सम्भव बनाएको हो । यस्तो स्थितिमा वाम गठबन्धनबाट एमालेले गुमाउनेभन्दा पाउने नै बढी छ । एमालेको स्थानीय जनमतको संख्या अझै पनि वाम रुझानका छन् । त्यसलाई माओवादीले प्रभाव पारेर समाजवादी ध्रुवीकरण ग¥यो भने पनि त्यो एमालेका लागि नोक्सान होइन ।  
वाम गठबन्धन माओवादीका लागि अवसरभन्दा धेरै चुनौतीपूर्ण छन् । तत्कालको चुनावकेन्द्रित तालमेल र पार्टी एकता प्रयास दशकदेखिको हो । बिगतमा माओवादी प्रमुख शक्ति हुँदा त्यो सम्भव हुन सकेन । अहिले चुनावी परिणामका आधारमा माओवादीले पार्टी एकताको प्रस्ताव ग¥यो । प्रायः अपेक्षाकृत आफ्नो दल कमजोर रहेको बेला यस्तो प्रस्ताव गर्ने साहस कसैले गर्दैनन् तर प्रचण्डबाट त्यो हिम्मत भयो  र माओवादीले सहमति जनायो ।  एमालेको विश्लेषण होला कि यतिबेला माओवादी कमजोर भएकाले तालमेलमात्र नभई पार्टी एकताको प्रस्ताव ल्यायो । तालमेलका लागि ६० र ४० मा सहजै सहमत भयो । यथार्थमा स्थिति फरक छ । माओवादीको स्थान तेस्रोभन्दा तल होइन । सरकारको मियो र राजनीतिक पहलकदमी कसैसँग तालमेल नगरेर नै कायम गर्न सक्ने अवस्था अझै छ  ।  
जब एमाले नेतृत्व पङ्तिm तालमेल  र एकताका तयार भयो, त्यो अवसरलाई सम्भावनामा बदल्न जस्तोसुकै ठूलो चुनौती सामना गर्न माओवादी तयार भयो । माओवादीको मुख्य उद्देश्य वाम जनमतको एकीकरण  र समाजवादी ध्रुवीकरण गर्नु हो । राजनीतिक  ध्रुवीकरणको  प्रक्रियामा  स्थायित्व, स्वतन्त्रता, आर्थिक सामाजिक विकासका सम्भावना बढ्छ । मुलुकको राष्ट्र हितका लागि वाम जनमतको आधारलाई एकीकरण गर्न माओवादी चुक्नुहुँदैन भन्ने निष्कर्षले माओवादीलाई तालमेल र पार्टी एकताका लागि प्रेरित गर्यो ।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

मिस नेपाल इन्टरनेशनल २०१८को पहिलो भिडियो सार्वजनिक

मिस नेपाल इन्टरनेशनल २०१८को पहिलो भिडियो सार्वजनिक

मिस नेपाल इन्टरनेशनल २०१८ रोनाली अमात्य अभिनित म्युजिक भिडियो ‘सुन’ सार्वजनिक भएको छ।  र्‍यापर निर्णय श्रेष्ठको एल्बम ‘एक नेपाल’ समावेश...

राष्ट्रिय ललितकला प्रदर्शनी सुरु

राष्ट्रिय ललितकला प्रदर्शनी सुरु

राजधानीमा बुधबारबाट ‘आठौं राष्ट्रिय ललितकला प्रदर्शनी’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा...

‘लिलिबिली’लाई चार करोड

‘लिलिबिली’लाई चार करोड

नायक प्रदीप खड्का र नवनायिका जसिता गुरुङ अभिनित प्रेमकथाको फिल्म ‘लिलि बिली’को पाँच दिने कलेक्सन सार्वजनिक भएको छ । फिल्म...

प्रेमलाई लाइफटाइम अचिभमेन्ट

प्रेमलाई लाइफटाइम अचिभमेन्ट

लिम्बु भाषा र संस्कृतिमा बनेका फिल्म तथा संगीतमा पुर्‍याएको योगदानको कदर गर्दै संगीतकार प्रेम पन्धाकलाई ‘एफएलएफ लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान...

Fixed Ad