coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तीन महिनादेखि मोबाइलकाे टावर बन्द

ताप्लेजुङ - विगत तीन महिनादेखि मोबाइलको टावरमा आएको खराबीका कारण ताप्लेजुङको पूर्वी क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित भएका छन् । ताप्लेजुङको सिरिजंघा–७ स्थित खेवाङमा रहेको पोष्टपेड तथा प्रिपेड मोबाइल फोनको टावरमा गएको असारदेखि नै खराबी आएपनि हालसम्म मर्मत नगरिँदा स्थानीय सेवाग्राही टेलिफोन सेवाबाट बञ्चित हुनु परेको हो ।

टावर जडान गरिएको तीन महिना नपुग्दै खराबी आए पनि बन्द भएको तीन महिना बितिसक्दापनि मर्मत भएको छैन । उक्त मोबाइल टावरको सेवा क्षेत्र जिल्लाको दुर्गम भेग पर्छ । साबिकको याम्फुदिन, मामांखे, खेवाङ, सुरुम्खिम, मेहेले, पेदाङ, आम्वेगुदिन, पेदाङ, तेल्लोक, सिकैचा लगायतका गाविसवासीले सो टावरबाट सेवा लिँदै आएका छन् । अन्य स्काई तथा एनसिएलको समेत राम्रो नेटवर्क नआउने भएकाले त्यहाँका बासिन्दालाई थप समस्या भएको छ ।

'यता टावरमा आएको खराबीबारे कार्यालयलार्इ जानकारी छ । केही दिनभित्र मर्मतकाे काम पुरा हुनेछ,'कार्यलयका इञ्चार्ज ज्ञाननाथ सापकोटाले भने,'टावरको रेडियो लिंकमा खराबी आएको र मर्मतका लागि केही सामान क्षेत्रीय कार्यालयबाट मगाउनु परेको र टावर राखिएको ठाउँमा पुग्न निकै समय लाग्ने भएकाले पनि ढिलाइ भएको हाे ।'

 

 

प्रकाशित: २६ आश्विन २०७४ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App