coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा पत्रकार आकांक्षी

नेपालगन्ज- आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागी बाँकेका आधा दर्जन बढी पत्रकारले आकांक्षा देखाएका छन्। प्रदेश र प्रतिनिधि सभाका लागी नेपाली काँग्रेसबाट ४ र एमालेबाट ४ तथा नयाँ शक्ति र राष्ट्रिय जनता पार्टीबाट १/१ जना पत्रकार आकांक्षी देखिएका हुन् । आकांक्षी पत्रकारको नाम काँग्रेस, एमाले, नयाँ शक्तिले केन्द्रमा सिफारिस गरी पठाईसकेका छन्।

  सबैभन्दा बढी नेपाली काँग्रेसबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागी ४ जना पत्रकार सिफारिसमा परेका छन् । प्रदेश नम्बर २ ‘ख’ को समानुपातिकमा पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा महासंघका पूर्वमहासचिव पोषण केसी, प्रदेश ३ ‘क’ बाट प्रत्यक्षमा प्रेस युनियन बाँकेका पूर्वअध्यक्ष मेघराज ओली, प्रदेश नम्बर १ ‘ख’ बाट समानुपातिकमा युनियनका केन्द्रीय सदस्य जयसिंह केसी सिफारिसमा परेका छन्।

 एमालेबाट प्रतिनिधि सभाको समानुपातिकमा महासंघका केन्द्रीय पार्षद गोपी बुढा, प्रदेश सभाको समानुपातिकमा महासंघका पूर्वकेन्द्रिय सदस्य मोहम्मद हारुन, प्रेस चौतारीका पूर्व कोषाध्यक्ष अछरी पोखरेल र पुजन बिश्वकर्मा सिफारिस परेका छन् । नयाँ शक्ति पार्टीले क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको  प्रत्यक्षमा बीरेन्द्र पुनको नाम सिफारिस गरेको छ । राष्ट्रिय जनता पार्टीबाट प्रदेश २ को ‘ख’ मा आशिष गुप्ता प्रत्यक्षमा सिफारिस भएका छन् । सिफारिसमा परेका पत्रकारले टिकट पाएको खण्डमा राजनीतिमा सक्रिय भएर समाजसेवा गर्ने उद्घोष गरेका छन्।

प्रकाशित: २७ आश्विन २०७४ १३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App