५ वैशाख २०८१ बुधबार
समाज

सीमानाबाट पटका नियन्त्रण

बारा- जिल्लाका विभिन्न नाकाबाट अवैध रुपमा भित्र्याइएको पटकालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।

कारोबारीहरुले भारतीय बजारबाट अवैध रुपमा नेपाल भित्र्याइएका विभिन्न किसिमका करीब चार लाख मूल्य बराबरको पटका र राधाचक्करलाई नियन्त्रणमा लिएर सोमबार बारा प्रहरीले सार्वजनिक गरेको छ।

सिमावर्ती भारतीय बजार घोडासहन, आदापुर, रक्सौल र छौडादानोबाट विभिन्न किसिमका आलु बम, झिरझिरे, रकेट, अतिसमानी, राधाचक्कर, चकलेट बम लगायतका पटाखाहरु अवैध रुपमा ओसार पसार गरीरहेको सूचनाको आधारमा बाराको विभिन्न ठाउँबाट पटाखाहरु बरामद गरेको बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।

उनीहरुले साईकल तथा मोटरसाईकलमा बोरा भित्र राखी रातीको समयमा कलैया, बरियारपुर, सिम्रौनगढ, सिमरा, निजगढ तथा काठमाडौं, पोखरा लगायतका व्यापारी कहाँ पुर्याउने गरेको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।

प्रकाशित: ३० आश्विन २०७४ १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App