रसुवा— नेपाली काँग्रेसको प्रदेश सभातर्फ समानुपातिकको सूचीमा परेका मनबहादुर तामाङ ८८ केजी सुन तस्करी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका छन्। नेपाल—चीन केरूङ व्यापार संघका अध्यक्ष उनी रसुवा निवासी हुन्। छोटो समयमै अकुत सम्पत्ति आर्जन गरेका उनी केही समययता प्रहरी निगरानीमा थिए।
उनलाई काँग्रेसले प्रदेश नं. २ का लागि प्रदेश सभामा समानुपतिक उम्मेदवारको सूचिमा राखेको छ।
अवैध धन्दाबाट सम्पत्ति थप गर्दै गएपछि उनी काँग्रेससँग निकट भएका थिए। उनलाई पार्टीले आगामी मंसिर १० गते हुने प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ सिफरिस गरेको थियो। तीन वर्षदेखि प्रहरीको निगरानीमा रहे पनि ठोस प्रमाण नहुँदा उनी पक्राउ पर्न सकिरहेका थिएनन्। चीन—नेपाल व्यापारमा संलग्न उनका गतिविधि यसअघि देखि नै संकास्पद रहेको प्रहरी बुझाइ थियो।
प्रहरी स्रोतका अनुसार उनी व्यापारको साथै चीन र भारतमा अवैध सामग्री ओसारपसारमा समेत संलग्न छन्। भारतबाट रक्तचन्दन चीन लैजाने, चीनबाट अवैध रुपमा सुन ल्याएर भारत पुर्याउने र नेपालका पुरातात्विक मूर्ति तस्करी गरी चीन पुर्याउने कार्यमा उनी संलग्न रहेको प्रहरी स्रोतको दाबी छ।
‘उनी पहिलेदेखि नै दुई नम्बरी धन्दामासंलग्न थिए, प्रहरीले निरन्तर निगरानी गरिरहेको थियो तर यथेष्ट प्रमाणको अभावमा हुँदा उनी खुलेआम हिँडडुल गरिरहेका थिए’, प्रहरी स्रोतले भन्यो।
‘उनी पहिलेदेखि नै दुई नम्बरी धन्दामासंलग्न थिए, प्रहरीले निरन्तर निगरानी गरिरहेको थियो तर यथेष्ट प्रमाणको अभावमा हुँदा उनी खुलेआम हिँडडुल गरिरहेका थिए’, प्रहरी स्रोतले भन्यो।
यसअघि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट ६४ किलो रक्तचन्दन सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका थिए। ती पक्राउ परेका चिनियाँ नागरिक छुटाउनका लागि तामाङले महत्वपूर्ण भूमिका निर्वाह गरेपछि तामाङ प्रहरीको उच्च निगरानीमा रहेका थिए। रक्तचन्दन तस्कर छुटाउन तामाङले पार्टीको शक्ति समेत दुरुपयोग गरेको प्रहरीको भनाइ छ।
६ महिनापछि चिनियाँ नागरिक छुटेपछि तामाङ चिनियाँ व्यापारी, अवैध सामग्री ओसारपसारमा संलग्न भएकाहरुसँग सम्बन्ध बाक्लिएको थियो। त्यसयता उनी चिनियाँ नागरिकसँग मिलेर अवैध सामग्री आयात तथा निर्यात गर्ने कार्यमा सक्रिय रहेको प्रहरी स्रोतको भनाइ छ।
प्रायजसो भारत र चीन पुग्ने तामाङ रसुवामा कमै समय भेटिन्छन्। जिल्लामा हुने विशेष कार्यक्रम र चाडपर्वमा मात्र उनी झुल्किने गर्छन्। स्रोतका अनुसार तामाङसँग अहिले ८ ओटा स्कार्पियो गाडीे छन्। ती स्कार्पियो खरिदका लागि पर्यटन व्यावसायको आवरणमा ठमेल स्टेसन बनाई आएका चिनियाँ नागरिक वान विई मिङको पनि लगानी रहेको प्रहरी स्रोतले बतायो। मिङले ११ वर्षदेखि तिब्बत, नेपाल र भारतमा तस्करी सन्जाल सञ्चालन गर्दै आएका व्यक्ति हुन्।
मध्यम वर्गिय परिवारमा जन्मिएका उनको घर रसुवाको गोल्जुङमा पर्छ। सुरुमा तामाङले काठमाडौंमा इलेक्ट्रोनिक सामग्रीको व्यापारबाट आफ्नो व्यावसाय सुरु गरेका थिए। पछि उनले काठमाडौंमै सहकारी दर्ता गरेर सञ्चालन गरेका थिए। अहिले उनी जिल्लाका सबैभन्दा चर्चित धनाढ्य व्यापारी अन्तर्गत पर्छन्।
तामाङलाई प्रहरीले काठमाडौंको स्वंम्भुस्थित ठूलो भ¥याङबाट पक्राउ गरेको हो। तामाङ र चिनियाँ नागरिकले अवैध धन्दाबाट आर्जन गरेको रम होटलहरुमा लगानी गरेको प्रहरीको शंका छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...
वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...
घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।
फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...
बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।...
विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त...
साउदी अरेबियामा पहिलोपटक फेशन शो भएको छ। साउदीको रियादमा सम्पन्न उक्त फेशन शोमा दर्शक भने महिलाहरूमात्र थिए। उक्त फेसन शोमा सहभागी...
स्कटल्यान्ड तपाईंको ‘ड्रिम कन्ट्री’ हो र पर्दामै भए पनि त्यहाँका दृश्य देख्दा तपाईंको मन रमाउँछ भने ‘लिलि बिली’ हेर्नु राम्रै...
यसमा तपाईको मत