८ वैशाख २०८१ शनिबार
कला

कार्यक्रमको सभापति नै आलु !

काठमाडौं- कुनै पनि औपचारिक कार्यक्रममा उद्घोषकले विशिष्ट व्यक्तिलाई प्रमुख अतिथी वा सभापति राखेर कार्यक्रम सञ्चालन गर्छन् । तर, मंगलबार यस्तो परम्पराभन्दा भिन्न दृश्य देखियो । उद्घोषकले सभापति पनि राखे, प्रमुख अतिथीलाई पनि निमन्त्रणा गरे तर मञ्चमा कुनै व्यक्ति चढेनन् । मञ्चमा सभापतिको आसन आलुले ग्रहण ग¥यो भने भालुको खेलौना प्रमुख अतिथी ।
मंगलबार दिउँसो देखिएको यस्तो दृश्य आलु पाटी कार्यक्रम थियो ।  उद्घाट्नमा समेत विकृति र विसंगती हटाउन भन्दै खोर्सानीको धुप बालिएको थियो ।
शंखघोष गरि शंख बजाइ भ्रष्टचारी नेता मन्त्री र भ्रष्ट राजनीतिको बिषयमा सामूहिक रूपमा ‘खाउ आलु’ भन्दै देउसी खेलेर कार्यक्रमको सुरुवात गरियो । ०३४ सालदेखि यसैगरी कार्यक्रम गर्दै आएको छ हास्य कलाकारको एक टोलीले ।
हरेक वर्ष कागतिहारको दिनमा हुने ‘आलु पाटी’ मंगलबार भने कार्यक्रम व्यंग्यकार रामकुमार पाँडेको निवासमा आयोजना गरिएको थियो । कार्यक्रममा वरिष्ठ तथा लोकप्रिय लेखक, कलाकारको बाक्लो उपस्थिती देखिन्थ्यो । कार्यक्रममा प्रचण्डको सन्यास नामक प्रहसनले सहभागीलाई मज्जाले हसायो । प्रचण्डको भूमिकामा कलाकार घनश्याम गौतम र ओलीको भूमिकामा थिए सुरेस तिमल्सिना ।
जितु नेपाल, दमन रुपाखेती, केदार घिमिरे, कमल मैनाली र निरु खड्काले क्यारिकेचर र कविता वाचनले कार्यक्रमलाई निकै तताएको थियो । मंगलबार नै हास्य व्यंग्य लेखक विनोद तिमल्सिनाको पुस्तक ‘विनोदको व्यंग्यबाण’को यादव खरेल र रामकुमार पाँडेले सार्वजनिक गरेका थिए ।

 

प्रकाशित: २ कार्तिक २०७४ ०६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App