coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पाल्पामा फूलको अभाव

रामपुर, पाल्पा – दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई प्रगाढ बनाउने तिहार पर्वमा अनिवार्यरुपमा प्रयोग हुने सयपत्री र मखमली फूलको रामपुरमा अभाव भएको छ ।  व्यावसायिक रुपमा पुष्पखेती नहुँदा फूलको अभाव सिर्जना भएको हो । यस पर्वलाई दिदीबहिनी र दाजुभाइबीच एकापसमा माया, प्रेम, खुशी साटासाट गर्ने तथा फूलैफूलको पर्वका रुपमा लिइन्छ ।

तिहारमा सयपत्री र मखमली फूलको मालाको निकै महत्व हुन्छ । गाउँघरमा फूलको उत्पादन कम हुन थालेपछि तिहारमा फूलको अभाव भएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि चिरायुको कामना गर्दै गलामा सयपत्री र मखमली फूलको माला लगाइदिने चलन छ ।

फूलको अभावमा अहिले रामपुरका बजारमा दैनिक ३ सय देखि ५ सय वटा सम्ममा प्लास्टिकको फूलको माला बिक्री हुन थालेको व्यापारी बताउँछन् । हाल तिहार पर्वका लागि एक व्यापारीले दैनिक एक सय वटाभन्दा बढी प्लास्टिकको फूलको माला बिक्री गर्ने गरेका छन् । रामपुर क्षेत्रमा सयपत्री र मखमली फूलको अभाव छ । यस वर्ष बजारमा प्लास्टिकका फूलको मालाको व्यापार ह्वात्तै बढेको सूर्योदय फेन्सी स्टोर्सका व्यापारी सूर्यप्रसाद खनाल बताए ।  तिहारको चहलपहल सुरु भएदेखि दैनिक ८० देखि १०० वटा प्लास्टिकको फूलको मालाको व्यापार हुने गरेको सनिम फेन्सी स्टोर्सका सनिम मियाँ बताए ।

प्रकाशित: २ कार्तिक २०७४ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App