coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

फूल नफुल्दा कृतिम फूलको भर

भोजपुर नगरपालिका–१२ टक्सारमा भर्खर काेपिला लाग्दै गरेकाे सयपत्री । तस्बिर: एक्सन रार्इ

भोजपुर – तिहारको भाइटिकाको लागि विहानै सदरमुकामको चारभञ्जाङ्ग पुगेकी सुसन राई खालि हात फर्कनु पर्याे । सोचे जस्तो फूल नपाएपछि उनि जस्तै धेरैलाई फूलको अभाव भएको हो । भोजपुरमा प्राकृतिक फूलको अभाव हुँदा तिहारको बेला कृतिम फूल तथा मालाको विक्री बढेको  छ।

विशेष गरेर  यस वर्ष सयपत्री, मखमली, गोदावरी लगायतको फूल समयमा नफुल्दा कृतिम  मालाको विक्री बढेको व्यापारीको भनाई छ। 

तिहार भित्रिएसंगै जिल्लाका इलेक्ट्रोनिक्स तथा कस्मेटिक पसलहरू कृतिम फूल तथा दिपावलीको लागि चाहिने विभिन्न बत्तीहरूले सजिएका छन् । केही वर्ष अगाडि सम्म यस्ता कस्मेटिक सामग्रीहरूमा स्थानीयहरूले त्यति धेरै चासो नदिए पनि पछिल्लो समय गाउँगाउमा विद्युत विस्तारसंगै विद्युतिय रंगिन वत्तीहरूको माग बढेको स्थानिय व्यापारी बताउँछन् । जिल्लाका २ दर्जन बढी पसलले कृतिम फूलको व्यापार गर्दै आएका छन्,  यो संख्या बढ्दै गएको छ । स्थानिय व्यापारी तारा बहादुर प्रधानले भन े‘ कृतिम फूलको व्यापार विगत तुलना वर्षेर्नी बढ्दै गएको छ, मैले पनि दैनिक २० देखि २५ हजार फूल विक्री गरिरहेको छु ।’ प्राकृतिक रुपमा फूल कम फुलेकोले व्यापार निकै बढेको छ उनले भने । प्रधान जस्तै धेरै व्यापारीले तिहारलाई मध्ये नजर गर्दै कृतिम फुल बिक्री गरिहेका छन्।

तिहारको बेला आवश्यक पर्ने फूल समयमा नफुले पछि दिदी बहिनीहरू भने चिन्तामा परेका छन् । तिहारको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्रीको माला लगाएर सुस्वास्थ्य, आरोग्य दीर्घायुको कामना गर्ने चलन भए पनि प्राकृतिक फूलको अभाव हुन थालेपछि बजारमा कृतिम फूलको प्रयोग बढेको स्थानीय बासिन्दाको भनाई छ। 

भोजपुर नगरपालिका–१२ टक्सार की दिलकुमारी तामाङ्गले भनिन् ‘बारीमा रोपेको फूल भर्खर मात्र कोपिला लाग्दै छ, यो वर्ष फूलको अभाव छ ।’  जिल्लामा व्यावसायिक रुपमा फूल खेति नहुँदा प्राकृतिक फूलको अभाव हुने गरेको छ। 

प्रकाशित: २ कार्तिक २०७४ १०:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App