८ वैशाख २०८१ शनिबार
कला

ऐश्वर्याकी आमा बस्ने घरमा आगलागी

मुम्बई – बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनकी आमा बस्ने घरमा आगलागी भएको छ । बान्द्रास्थित लामेर भवनको १३ औं तल्लामा लागेको आगलागीलार्इ पाँच वटाभन्दा बढी दमकलले नियन्त्रणमा लिएका थिए। अभिनेत्री ऐश्वर्या रायकी आमा वृन्दा राय लामेर भवनको १२ औं तल्लामा बस्ने गर्छिन् ।

अभिनेत्री रायकी आमाबाहेक लामेर भवनमा क्रिकेटर सचिन तेन्दुलकरकी सासु समेत बस्ने गर्छिन् ।क्रिकेटर सचिन तेन्दुलकरकी सासुको फ्ल्याटमा आगजनी भएपछि तत्काल भवनको तल्लो तल्लाबाट बाहिर आएकी थिइन् । अागलागी कति क्षति गर्याे भन्ने विवरण भने सार्वजनिक गरिसकिएको छैन ।

प्रकाशित: ७ कार्तिक २०७४ १०:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App