५ वैशाख २०८१ बुधबार
कला

कात्तिक १६ देखि फिल्म साउथ एसिया सुरु हुँदै

काठमाडौं – दक्षिण एसियाली डकुमेन्ट्रीहरुलाई समेटिएर सुरु गरिएको ‘फिल्म साउथ एसिया’ नामक फिल्म महोत्सव कात्तिक १६ देखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुने भएको छ। भारतीय भारतीय पत्रकार शशी कुमारले महोत्सवको उद्घाटन गर्नेछन्।


‘वृत्तचित्र: एक साक्षी’ नाराका साथ सुरु हुन लागेको महोत्सव चार दिनसम्म चल्नेछ । सन् २०१५ देखि निर्माण भएका दक्षिण एसियाका समसामयिक विषयहरूमा केन्द्रित ६३ डकुमेन्ट्रीहरु महोत्सवमा प्रदर्शन हुनेछन् ।
यसमध्ये ४५ वटा डकुमेन्ट्रीहरूले विभिन्न पाँच वटा विधामा प्रतिस्पर्धा गर्नेछन् । उत्कृष्ट डकुमेन्ट्रीले दुई हजार र दोस्रोले एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै निर्देशक विधामा पहिलो हुनेले एक हजार अमेरिकी डलरको तारेक मसूद पुरस्कार, उत्कृष्ट बालबालिका विषय केन्द्रित उत्कृष्ट डकुमेन्ट्रीले एक हजार र विद्यार्थी विधाले पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।


पत्रकार कुन्द दीक्षितको संयोजकत्वमा पाकिस्तानी सिनेमाकर्मी फरजाद नावी र भारतीय पत्रकार राजश्री दास गुप्ताको निर्णायक टोलीले ६३ डकुमेन्ट्रीहरु छनोट गरेका थिए । ‘यसपटक महोत्सवमा असाधारण र रोचक समसामयिक अवस्था झल्काउने उत्कृष्ठ डकुमेन्ट्रीहरु प्रदर्शन गरिनेछन्,’ महोत्सव निर्देशक मितु वर्माले भनिन् ।

प्रकाशित: ८ कार्तिक २०७४ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App