८ वैशाख २०८१ शनिबार
कला

‘बिग बोस’मा गीत गाउँदै दीपिका

मुम्बई – गत बुधबार बलिउड निर्देशक सञ्जय लिला भन्सालीको फिल्म ‘पद्मावती’को गीत ‘घुमर’ रिलिज भएपछि यसले सामाजिक सञ्जालमा राम्रै चर्चा पाइरहेको छ । खास गरी फिल्ममा नायिका दीपिका पादुकोणको भूमिकालाई लिएर उत्सुकता बढि रहँदा यिनै दीपिका गीतको प्रमोसनका लागि टेलिभिजन रियालिटी शो ‘बिग बोस’मा देखिने भएकी छिन्। 

समाचार अनुसार दीपिकाले फिल्मका सहकर्मी साहिद कपुरका साथ रियालिटी शोमा गीत गाउनेछिन् । राजस्थानी लोकनृत्यमा आधारित यो गीतले शुभचिन्तकबाट राम्रो प्रशंसा बटुलिरहेको छ । गीतमा दीपिकाको नृत्य र लुक्सको तारिफ बढी गरिएको छ । युट्युबमार्फत सार्वजनिक भएको यो गीतलाई फिल्म निर्माताहरू टेलिभिजनमा प्रमोसन  गर्नेे तयारी गरिरहेका छन्। 

त्यही तयार अनुरुप दीपिका र साहिद आगामी २८ अक्टोबरमा ‘बिग बोस’को घर जाँदैछन् । ‘बिग बोस’मा फिल्मकी रानी पद्मिनी बनेकी दीपिका र पति राजा रतन सिंह बनेका साहिदले गीतमा आफ्नो प्रस्तुति दिनेछन्। 

यो गीतमा दीपिकालाई परम्परागत राजपुताना लुकमा देखाइएको छ । गीतमा श्रेया घोसालको स्वर र निर्देशक भन्सालीकै संगीत छ । दीपिकाले यो सिक्वेन्सको लागि प्रख्यात घुमर विज्ञ ज्योति डी तोमरसँग नृत्य प्रशिक्षण लिएकी थिइन् । दीपिकाको यस्तो नृत्यलाई बलिउडमा कुनै पनि नायिकाले गरेको सर्वाधिक चुनौतिपूर्ण नृत्य मानिएको छ।

गीतमा दीपिकाले गह्राैँ गहना र गह्राैँ लेहंगा लगाएकी छन् । गीतमा उनी बोरला, कमर बन्ध र लटकन जस्ता कैयौं राजपुताना गहनामा सजिएकी छिन् । गीतका लागि बनाइएको सेट पनि निकै भव्य छ। 

फिल्म डिसेम्बर १ मा रिलिज हुँदैछ । यसमा दीपिका र साहिदका अलावा रणवीर सिंहको पनि अभिनय छ । फिल्ममा रणवीर अलाउद्दीन खिलजीको भूमिका निभाउँदैछन्। 

प्रकाशित: १० कार्तिक २०७४ ०५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App