६ वैशाख २०८१ बिहीबार
कला

भेडीखर्के साइँलाको संझनामा ठाडोभाका

लमजुङ- लमजुङमा ठाडो भाकाको राष्ट्रव्यापी खुल्ला दोहोरी गीत प्रतियोगिता सञ्चालन गरिएको छ। नागरिकबाट ठाडोभाका शिरोमणि उपाधि प्राप्त गरेका भेँडखिर्के साइँला अर्थात् दीर्घराज अधिकारीको ४५ औँ दिनको पुण्यतिथिमा लमजुङ, सुन्दरबजार नगरपालिका वडा नं ९ मा रहेको कृष्ण बगैँचामा सो प्रतियोगिताको सञ्चालन गरिएको हो । प्रतियोगिता नेपाल पूर्व प्रहरी संगठन लमजुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङको आयोजना, ठाडो भाका लोककला प्रतिष्ठान नेपाल, लमजुङ र ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको सहआयोजनामा सञ्चालन भएको हो।

प्रतियोगितामा लमजुङ, तनहुँ, गोरखाका गरी २६ टिमको सहभागिता रहेको छ । मोलिक भेषभूषामा सजिएका आएका प्रतियोगिताका सहभागिहरुले भेँडखिर्के साइँलाको सम्झनामा ठाडो भाका प्रस्तुत गरेका थिए । ठाडो भाकाको संरक्षणमा साइँलाल आफ्नो जीवन नै अर्पण गरेकाले उहाँको योगदानलाई कसैले भुल्न नहुने र मौलिक ठाडो भाका जोगाउन सबै लाग्नुपर्ने भाव समेटेर प्रतियोगिहरुले ठाडो भाका गाएका थिए।

हराउँदो ठाडो भाकाको संरक्षण, संवद्र्धन गर्नुका साथै हामीमाझ नरहनुभएका ठाडोभाका शिरोमणि साइँलाको सम्झनामा प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका सहसचिव अनुज अधिकारीले बताउनुभयो।

यो समाचार तयार पार्दासम्म १३ वटा समूहले गीत प्रस्तुत गरिसेको र बाँकी अझै १३ समूहले गाउँन बाँकी रहेका छन् । नेपाल पूर्व प्रहरी संगठन लमजुङका अध्यक्ष कुलबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको हो।

कार्यक्रममा सिभिल बैंकका कार्यकारी प्रमुख गोविन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले ठाडो भाका नेपालकै मौलिक र चिरपरिचित भाका रहेकाले यसको संरक्षणमा सबै जुट्नुपर्ने धारणा राख्नुभएको छ । कार्यक्रममा बोल्दै सुन्दरबजार नगरपालिकाको मेयर जनकराज मिश्र, नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय सदस्य वीरसिंह घले, स्थानीय समाजसेवी धु्वबहादुर कुवँर, राजधानी गुरुङ समितिका अध्यक्ष हरि गुरुङ लगायत कलासँस्कृति प्रेमीहरुले ठाडो भाकाका अथक साधक भेँडखिर्के साइँलाको निधनले लोक साँगितिक क्षेत्रमा अतुलनीय क्षति पुगेको र अव यसलाई जोगाउने जिम्मा नयाँ पुस्तालाई आएको धारणा राखेका थिए ।

प्रतियोगितामा प्रथम हुने ठाडोभाका समहूले प्रमाणपत्रको साथमा नगद २० हजार, द्धितिय हुनेले नगद १५ हजार, प्रमाणपत्र, तृतीया हुनेले नगद १० हजार, प्रमाणपत्र, सान्त्वना हुनेले नगद ५ हजार र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट ठाडो भाका समूहलाई नगद ३ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

ठाडो भाका लमजुङसहित गोर्खा, तनहुँ, कास्कीमा गुन्जने लोपान्मुख भाका हो । ठाडो भाकाका पिता बांग्रे हाँडीखोलाका देउ बहादुर दुरा र कास्कीका पञ्चेसुब्बा गुरुङलाई नै मानिन्छ । ठाडो भाका टिकाउन साइँलाले आफ्नो पूरा जीवन यसैमा विताए।

 

 

प्रकाशित: १० कार्तिक २०७४ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App