५ वैशाख २०८१ बुधबार
कला

पुस्तकमा लालबाबु

काठमाडौं – पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको जीवनकथा अब पुस्तकमा आउने भएको छ । आफू मन्त्री हुँदा नेपालमा सरकारी जागिर खाने ग्रीन कार्डधारी कर्मचारीलाई कारबाही गर्ने कानुन लगायतका सुधार गरेर चर्चित बनेका लालबाबुको जीवनमा ‘सिंहदरबार बदल्ने संघर्ष’ शीर्षक पुस्तक पाठकमाझ आउन लागेको हो । पु्स्तक प्रकाशक नेपालयले लालबाबुको पुस्तक चाँडै बजारमा आउने जानकारी दिएको छ।

पुस्तकमा नेकपा (एमाले) का नेता मदन भण्डारीसँग भूमिगत कालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाइ र पारिवारिक जीवनका भोगाइ हुनेछन् । ‘लालबाबु पण्डितको यात्रा, बाटो र पाइला धेरैका निम्ति पठनीय हुनसक्ने ठानेर जीवनी प्रकाशन गर्ने निधोमा पुगेका हौं,’ पब्लिकेशन्स नेपालयकी सैजन मास्केले भनिन्, ‘यसले नेपाली राजनीतिको जटिल समयमा पनि संभावना देखाउने एक नेतासँग पाठकलाई नजिक्याउने छ।’

नेता पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन् । ‘पहिलोपटक मन्त्री हुनेबित्तिकै जताततै विसंगति र विकृति देख्न थालेपछि परिवर्तनको पाइला आफैंबाट चाल्ने अठोट गरेको थिएँ,’ पण्डितले भने, ‘त्यतिबेला गरेका कामलाई मैले इमान्दारिका साथ पुस्तकमा राखेको छु ।’ पुस्तक यसै महिना सार्वजनिक हुनेछ।

प्रकाशित: १२ कार्तिक २०७४ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App