८ वैशाख २०८१ शनिबार
प्रवास

प्रस्तुतिका लागि नेपाल अाइडल टोली लन्डनमा

लन्डन—नेपाल आइडल बिजेता टोली बेलायतका विभिन्न शहरमा आयोजित कार्यक्रममा प्रस्तुति दिन लन्डन आइपुगेको छ। पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनल र संसारा ग्रुपअन्तर्गत मनकामना मनी ट्रान्सफरको आयोजनामा बेलायतमा हुने कन्सर्टमा प्रस्तुति दिन उनीहरु लन्डन आएका हुन्।
 
नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेनभित्र पर्न सफल प्रमिला राईको टोली हिजो बुधवार लन्डन उत्रिएको हो।

यस्तै बाँकी ४ नोभेम्बरमा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुनेछ।

नेपालमा पहिलो पटक भएको नेपाल आइडलको उपाधि जित्न सफल टोलीलाई बेलायतस्थित नेपाली समुदायको चाहानाअनुरुप कन्सर्ट आयोजना गरिन लागिएको आयोजक मध्यका एक राजाराम गिरीले बताए। गिरीका अनुसार नेपाल आइडलको पहिलो शो भोलि नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हल हुनेछ।

यस्तै बाँकी ४ नोभेम्बरमा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुनेछ।
 
नेपाल आइडल टिम लन्डनस्थित विमानस्थलमा उत्रिँदा उनीहरुको स्वागतको लागि आयोजकहरुको टोली विमानस्थल पुगेको थियो। बिजेताहरुको समूहलाई प्रशिक्षण दिन गायक विवेक श्रेष्ठसमेत लन्डन आइपुगेका छन्। श्रेष्ठले नेपाल आइडियलको प्रस्तुति दमदार भए पनि लाइभ कन्सर्टको लागि अनुभव थोरै बटुलेको समूह भएकाले आफू उनीको क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले लन्डन आएको बताए।
 
आयोजक तथा पोखरा ट्राभल्सका प्रमुख ज्ञाम गुरुङका अनुसार कन्र्सट आयोजना गर्न करिब ४५ लाख रुपैयाँ लाग्ने अनुमान छ। 'यो धेरै महँगो कार्यक्रम हो, खर्च उठाउन निकै मुस्किल छ, तर पनि जति बच्छ, त्यसको केही अंश हामी सप्तरीका बाढी पीडितको लागि दिन्छौं', गुरुङले भने।
मुख्य आयोजकले ४ वटा शो आफ्नै सकृयतामा आयोजना गरे पनि बाँकी शो भने  सहआयोजकलाई बिक्री गरिएको बताए । गिरीका अनुसार रडिङमा आयोजना हुने कार्यक्रमबाहेक अन्य शोको आयोजना आफ्नै समूहले गरेको हो ।

नेपाल आइडल बुद्ध लामाले आफूलाई नेपाल आइडल बन्न बेलायतीवासी नेपाली समुदायतले गरेरको सहयोग स्मरण गर्दै यहाँका दर्शकलाई रक, लोक गीत र आधुनिक गीतले भरपुर मनोरञ्जन दिने प्रतिक्रिया दिए। कार्यक्रमलाई सफल बनाउन उमेशराज मोक्तान र चित्रबहादुर गुरुङ, रेडिङ शो सपनकुमार राई, बिसन गुरुङ, मान गुरुङ र नील गुरुङ तथा प्लमस्टेड शो दीपक थापालगायतको टोली सक्रिय रुपमा लागेको छ । नेपाल आइडल टोली १५ नोभेम्वरमा नेपाल फर्किने आयोजकले बताएका छन्।

प्रकाशित: १६ कार्तिक २०७४ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App