coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश र प्रतिनिधि सभामा १ सय २ उम्मेदवार

नेपालगन्ज- प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका मध्ये ९ जनाले आईतबार उम्मेदवारी फिर्ता लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ८ स्वतन्त्र र एक जना दलको उम्मेदवारले आईतबार उम्मेदवारी फिर्ता लिएका हुन्। मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट कृष्णबहादुर कार्की, सुरेशकुमार चौधरी र सबिर खाँ तथा प्रदेश सभा १ ‘क’ बाट हेमकुमार यादव र अमरबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका छन्।

 कोहलपुर निवासी काँग्रेस नेता कार्कीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका काँग्रेस उम्मेदवार माधवराम खत्रीविरुद्ध बागी उम्मेदवारी दिएका थिए । माओवादी केन्द्रका नेताद्धय चौधरी र खाँले वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता महेश्वरजंग गहतराज(अथक) विरुद्ध उम्मेदवारी दर्ता गराएका थिए।

यस्तै प्रतिनिधी सभा क्षेत्र नम्बर २ बाट धु्रब दाहाल र मुगबहादुर शाह तथा प्रदेश सभा २ ‘क’ बाट सरोजकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । नेपाली काँग्रेसका नेता दाहालले लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका उम्मेदवार ओमप्रकाश आजादविरुद्ध उम्मेदवारी दिएका थिए, भने माओवादी केन्द्रका नेता मुगबहादुर शाहले वाम गठबन्धनका पशुपति दयालमिश्र विरुद्ध दिएका थिए । प्रदेश सभा ३ ‘क’ बाट सकुन्तला पुनले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यायलले जनाएको छ । पुनले राष्ट्रिय जनमुक्ती पार्टीबाट मनोनयन दर्ता गराएकी थिईन्।

      निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीन दिन अघि जिल्लाको ३ वटा प्रतिनिधी सभा र ६ वटा प्रदेश सभाबाट गरी कुल १ सय ११ जनाले मनोनयन दर्ता गराएका थिए । त्यसमध्ये १९ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो । मनोनयन दर्ता गराएका मध्ये अब ११ स्वतन्त्र सहित १ सय २ जना चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको मनोनयन फिर्ता लिने समय आईतबार दिउँसो १ बजे सम्मको समय तोकेको थियो । कार्यालयले आईतबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिन्ह प्रदान गरेको छ।

 

 

 

प्रकाशित: १९ कार्तिक २०७४ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App