coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

डेनमार्कको स्थानीय चुनावमा नेपाली मुलका उम्मेदवार

कोपनहेगन-  आगामी नोभेम्बर २१ तारिखमा हुने डेनमार्कको स्थानीय चुनावमा नेपाली युवा हरि न्यौपानेले  कोपनहेगन वडानम्बर ६ विस्पेबिया क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका छन्।

उनी डेनमार्कको सबैभन्दा ठूलो पार्टी सोसियल डेमोक्र्याट्सको तर्फ़बाट उम्मेदवार बनेका हुन्।  सन् २०१२ सोसियल डेमोक्र्याट्सको सदस्यता लिएका न्यौपाने अध्ययनको शिलशिलामा २००८ मा डेनमार्क आएका हुन्।

चुनाब नोभेम्बर २१ तारिखमाहुने भए  पनि डेनिस सरकारले मतदाताको सुविधालाई ध्यानमा राखेर बिगत  १०  अक्टोबर देखि नै  पत्र मार्फत  मतदान गर्ने व्यवस्था गरेको छ भने ३१ अक्टोबर देखि विभिन्न पुस्तकालय मा गइ मतदान गर्ने व्यवस्था मिलाएको छ। यसै सुविधालाई उपयोग गर्दै आजसम्म कोपेनहेगनका धेरै ब्यक्ति मतदान गरीसकेका छन्।

हरि न्यौपाने कोपनहेगन को  जोन १ र २  का उम्मेदवार हुन्। डेनिस निर्वाचन आयोगले दिएको जानकारी अनुसार ३  वर्षदेखि बस्दै आएका सबै  विदेशीले समेत भोट हाल्न सक्छ चाहे त्यो बिद्यार्थी नै किन नहोस।  

आप्रवासीको हक र हित लाई चुनाबी नारा बनाएका न्यौपानेले आफ्नो  प्राथमिकता स्पष्ट पार्दै भने  'यदि म निर्वाचित भए भने  प्रबिधि, शिक्षा, स्वास्थ, संस्कृति, बातावरण र रोजगारीका क्षेत्रहरुका लागि नीति नियम तर्जुमा गर्ने मेरो क्षेत्र हुने छ र मैले यसै क्षेत्रमा समुदायको हितको लागि काम गर्ने हो।' 

चुनावी अभियान र प्रचारप्रसारका लागि बिभिन्न समिति निर्माण गरेका न्यौपानेको चुनाबी कमाण्ड सम्हालेका राजेन्द्र पौडेलले न्यौपानेले जित्ने कारण बताउँदै भन्छन 'डेनमार्क मा बस्ने सबै नेपालीले सहयोग गर्ने र  भारतीय लगायत , बंगलादेशी, सोमालियाली, पाकिस्तानी का साथै विभिन्न देशबाट डेनमार्क आई बसोबास गरेका नागरिकहरुको भेला, समारोहहरुमा आप्रवासी हक हितका योजनाहरु उहाले प्रस्तुत गरी आप्रबासीको मन जित्नुका साथसाथै डेनिस नागरिकहरुमा पनि उहाँ स्पस्ट बक्ताको रुपमा परिचित हुनुहुन्छ ।  जताततै  आप्रवासी नीतिमा कडाइ हुँदै गैरहेको र  डेनमार्कको सोसियल डेमोक्र्याट्सले पनि आप्रवासी प्रतिको दृष्टिकोणमा  परिवर्तन गर्ने संकेतका  बिरुद्ध न्यौपानेले राखेको नोट ओफ डिसेन्ट ले पनि आप्रवासी मत आउने छ।'

 

प्रकाशित: २६ कार्तिक २०७४ १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App