coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

आकाशको ‘ड्रिमगर्ल’ आश्मा

काठमाडौं- निर्देशक ऋषिराज आचार्यले ‘ड्रिम गर्ल’ शीर्षकको फिल्म निर्माण गर्ने भएका छन् । फिल्मको बिहीबार राजधानीको महाराजगञ्जस्थित साम्बला होटेलमा मूर्हत गरियो ।
निर्देशक ऋषिकै लेखन रहेको ‘ड्रिम गर्ल’की ड्रिम गर्लको भूमिकामा छिन्, आश्मा गिरी । लगभग सातवटै प्रदेशमा विभिन्न चरणमा गरिएका अडिसनबाट आश्मा ड्रिमगर्लका लागि छानिएको निर्देशक ऋषिले बताए ।
फिल्ममा आश्माको जोडीका रूपमा आकाश श्रेष्ठले अभिनय गर्नेछन् । आकाशले यसअघि ‘म त तिम्रै हुँ’, ‘तिमीसँग’ र ‘ब्ल्याक’ फिल्ममा अभिनय गरिसकेका छन् भने आश्माको यो डेब्यु फिल्म हो ।
दक्षिण भारतको रिल एण्ड रियल सिनेमा नामक कम्पनी र निर्देशक ऋषिराजको आरबि मुभिजको ब्यानरमा निर्माण हुने फिल्मको सुटिङ शुक्रबारदेखि नै सुरु भएको हो । फिल्मको मुख्य निर्मातामा अर्जुन शर्मा र निर्देशक आचार्य आफैं छन् । त्यस्तै, सह–निर्मातामा रामेश्वर धिताल र रिल एण्ड रियल सिनेमाका तर्फबाट अन्टो रोचा रोवन छन् ।
फिल्ममा आकाश र आश्माका साथमा सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन विक्रम राई, रूपा सुवेदी, पूजा पराजुली, लक्ष्मी गिरी, सुरवीर पण्डित प्रमुख भूमिकामा छन् । घोषणा कार्यक्रममा संविधानविद् डा. भीमार्जुन आचार्य, फिल्म निर्देशक शम्भु प्रधान, स्क्रिप्ट राइटर नूतन प्रधान, अभिनेता, निर्देशक अशोक शर्मा, सञ्चारकर्मी, फिल्म निर्देशक लक्ष्मण सुवेदी, अभिनेता अर्जुन श्रेष्ठलगायतले ‘ड्रिमगर्ल’को सफलताको शुभकामना दिएका थिए ।
निर्देशक ऋषिले निकै मिहिनेतका साथ फिल्म निर्माण गर्न लागेको जानकारी दिए भने निर्माताको तर्फबाट बोल्दै अर्जुन शर्माले गुणस्तरिय फिल्म निर्माणको हेतुले आफूहरु लागिपरेको बताए ।
राजधानी, मुस्ताङ, रारा तालका साथै कतारका विभिन्न स्थानमा खिचिने फिल्ममा अर्जुन पोखरेलले संगीत छ । राहुल राईले खिच्नेको कोरियोग्राफी गम्भीर बिष्टले गर्दैछन् । सम्राट बस्नेतले द्वन्द्व निर्देशन गर्ने फिल्म नवीन निरौलाले सम्पादन गर्नेछन् ।

 

प्रकाशित: २७ कार्तिक २०७४ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App