७ वैशाख २०८१ शुक्रबार
राजनीति

चुनाव प्रजातान्त्रिक परिपाटी र कम्यूनिष्ट शासन रोज्ने परीक्षा : पाण्डे

नेपालगन्ज– नेपाली काँग्रेसका नेता सुरेन्द्र पाण्डेले लोकतन्त्रमा आएको कालो बादललाई हटाउन नेपाली जनताले फेरि काँग्रेसलाई साथ दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेसले नेपालगन्जमा स्थापना गरेको क्षेत्रीय स्तरको मिडिया सेन्टरको सोमबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘वाम गठबन्धनबाट जुन खालका अभिव्यक्ति आइरहेका छन्, त्यसले मुलुकमा फेरि अधिनायकवाद ल्याउन निश्चित छ, अधिनायकवादलाई समाप्त पार्न नेपाली जनताले फेरि एक पटक हामीलाई भोट दिनुहुनेछ ।’
देशलाई अप्ठ्यारो परेको बेला नेपाली जनताले सधैं नेपाली काँग्रेसलाई साथ दिएको स्मरण गराउँदै केन्द्रिय सदस्य पाण्डेले अहिले पनि लोकतन्त्र खतरामा परेको अवस्थामा नेपाली जनताले काँग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे ।

‘हिजोका दिनमा नेपाली काँग्रेसलाई समाप्त पार्न खोज्ने शक्तिहरु आफैँ समाप्त भएर गएको इतिहास छर्लंग छ, कम्युनिष्टहरु पनि आफैँ सिधिन खोज्दैछन््,’ उनले भने । मुलुकमा साम्यवाद ल्याउने स्वयं बाम गठबन्धनले अभिव्यक्ति दिइरहँदा लोकतन्त्र, संघियता, समावेशिता नै नरहने हो कि भन्ने खतरा रहेको पाण्डेले बताए ।
लोकतन्त्र खतरामा पर्ने अवस्था देखिएपछि नेपाली कांग्रेस लगायत लोकतन्त्रवादी शक्तिहरु एक ठाउँमा उभिनु परेको उनले प्रष्ट्याए । उनले थपे, ‘अबको चुनाव प्रजातान्त्रिक परिपाटी रोज्ने कि कम्यूनिष्ट शासन रोज्ने भन्ने परीक्षाको घडी पनि हो ।’
नेपालगन्जको धम्बोझीमा स्थापना भएको क्षेत्रीय स्तरको मिडिया सेन्टरको कार्यक्षेत्र बाँके, बर्दिया, दाङ, सल्यान र पुर्वी रुकुम रहेको केन्द्रीय सदस्य पाण्डेले जानकारी दिए ।

प्रकाशित: २७ कार्तिक २०७४ ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App