५ वैशाख २०८१ बुधबार
समाज

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

गुल्मी –  गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

सोमबार बिहान सत्यवती गाउँपालिका ६ बाट उल्लीखोलातर्फ जाँदै गरेको लु २ त १८१७ नम्बरको ट्रयाक्टर खैरेनीमा दुर्घटना हुँदा हरिसकुमार शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

बाँके जिल्ला घर भएका अन्दाजी ५० वर्षीय शाहको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटनामा ट्रयाक्टर चालक २१ वर्षीय सुजन पुलामी मगर घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २७ कार्तिक २०७४ ११:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App