६ वैशाख २०८१ बिहीबार
समाज

गाउँपालिकाको निर्णयमा स्थानीयको विरोध

रुकुम –गाउँपालिकाको नाम फेर्ने निर्णयमा स्थानीयहरूले चर्काे विरोध गरेका छन् । बाँफिकोट गाउँपालिकाको नाम परिवर्तन गरी सहिद स्यार्पु नाम राख्ने गाउँ सभाले निर्णय गरेपछि उनीहरूले चर्काे विरोध गरेका हुन्।

सहिदहरूको सम्झनामा गाउँ सभाले नाम परिवर्तन गर्ने र त्यसको सहिद स्यार्पु नाम राख्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति स्थानीयहरू विरोधमा उत्रिएका छन् । उनीहरूले सामाजिक सञ्जाललाई प्रयोग गरी विरोधमा उत्रिएका हुन् । बाँफिकोट गाउँपालिकाका बुद्धिजिवि गोपाल केसीले भनेका छन् जिउँदो स्यार्पु सहिद भएछ । यो नामले बाँफिकोट र स्यार्पु तालको खिल्ली उडेको भन्दै उनले यहाँको भूगोल, पर्यटकीय क्षेत्रलाई राजनीतिमा प्रयोग नगर्न भनेका छन्।

पर्यटकीय क्षेत्रमा राजनीतिकरण भयो भने पर्यटकीय क्षेत्र ओझेलमा पर्ने भन्दै उनले यस्ता क्षेत्रहरुलाई संरक्षण गर्नु पर्न बताए । अर्का स्थानीय तारकप्रतिभा केसीले नेकपा माओवादी केन्द्रको स्वार्थमा बाँफिकोट गाउँपालिकालाई सहिद बनाउन खोजिएको भन्दै यस्तो निर्णय तत्काल सच्याउनु पर्ने बताए । यता गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले भने आचोलना गर्नेहरू सम्म नसकिने बताए । आलोचना गर्ने बाटो एउटा भएपनि सहिदहरूको सम्झनामा नाम परिवर्तन गरिएको बताए । उनले स्थानीय सञ्चार माध्यममा कुरा गर्दै यो निर्णय सबैको सल्लाह र सुझाव अनुसार गरिएको बताए । नाम राख्ने निर्णय नभएको र प्रदेश सभामा सिफारिस गरिएको गाउँपालिकाका अध्यक्ष केसीले बताए । सहिद र स्यार्पुको गाउँपालिकाको नामाकरण गरिएको उनको भनाई छ । शव्द संयोजनामा बौद्धिकता नपुगेको उनले स्वीकार गरे।

यहाँ माओवादी केन्द्रले एकलौटी रुपमा आफ्नो स्वार्थका कारण नाम परिवर्तन भएको स्थानीयहरूले आरोप लगाएका छन्। हामीले जनप्रतिनिधिहरूलाई यहाँको पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतको विकासका लागि निर्वाचित गरेका हौं स्थानीय डम्बर केसीले भने, तर जनताको भावना विपरित नाम फेरिनु मतको दुरुपयोग भएको छ । जनताको सल्लाह सुझाव बिना नै नाम परिवर्तन हुनु दुर्भाग्य भएको उनको भनाई छ।

प्रकाशित: २७ कार्तिक २०७४ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App