४ वैशाख २०८१ मंगलबार
समाज

पत्रकारलाई हातपात गर्नेमाथि कारबाही माग

काठमाडौँ – नेपाल पत्रकार महासंघले ‘टिभी टुडे’का संवाददाता कान्ता गिरी र फोटो पत्रकार दर्शन खत्रीमाथि समाचार संकलनका क्रममा हातपात गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । 

महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति निकाली घटनामा संलग्नलाई कानूनी कारवाही गर्न र प्रेस स्वतन्त्रता विरोधी घटना दोहोरिन नदिन सरकारसँग माग गरेका छन्। विज्ञप्तिमा निर्बाधरूपमा समाचार संकलन र संप्रेषण गर्न पाउने पत्रकारको संवैधानिक र कानूनी अधिकार कुण्ठित गर्ने यस प्रकारको घटनाको महासंघले विरोध र भत्र्सना गरिएको छ। 

शैक्षिक संस्थामा पूर्वजानकारी गराएर समाचार संकलनका लागि गएका पत्रकारमाथि दुव्र्यवहार गर्नु र प्रहरीले नियन्त्रणमा लिनुजस्तो घटनाले प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको महासंघको ठहर छ । आइतबार ‘इन्ष्टिच्यूट अफ मेनेजमेन्ट स्टडिज’ का सञ्चालक भावना राणा र त्यहाँका कर्मचारीले समाचार संकलनका क्रममा गिरी र खत्रीलाई गालीगलोज गर्नाका साथै क्यामेरा र मोबाइल नियन्त्रणमा लिई हातपातको प्रयास गरेको जनाइएको छ । 

घटनालगत्तै पुगेको प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई सिंहदरबार वृत्तमा करिब चार घण्टा राखिएको थियो । पछि पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको पहलमा आइतबार साँझ पत्रकारद्वयलाई मुक्त गरिएको छ। 

प्रकाशित: २७ कार्तिक २०७४ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App