coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बाढीपछिको पुनरुत्थान आवश्यकता आंकलन सार्वजनिक

काठमाडौं- यो वर्ष बाढीले पु¥याएको क्षतिको विवरण तथा पुनर्निर्माणमा लाग्ने अनुमानित खर्च समेटिएको ‘बाढीपछिको पुनरुत्थान आवश्यकता आंकलन’ प्रतिवेदन सार्वजनिक भएको छ ।
राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदन सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका हुन् । आयोगको अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवालाई आयोगले सोमबार मात्र सो प्रतिवेदन बुझाएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले सबैको सहयोग लिएर तराईमा बाढीबाट भएको क्षतिको छिटो–छरितो ढंगले पुनर्निर्माण गर्ने बताए । उनले तत्काल बाढीपीडितको पुनस्र्थापना र पुनर्निर्माणका लागि काम अघि बढाइने बताए ।
प्रतिवेदनअनुसार गएको साउन–भदौमा आएको बाढीबाट ६१ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । बाढीले पु¥याएको क्षतिको पुनस्र्थापनाका लागि करिब ७३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ आवश्यक हुने प्रतिवेदनले औंल्याएको छ ।
प्रतिवेदनमा पुनर्निर्माणका लागि सुझावसमेत समेटिएको छ । पुनर्निर्माणका लागि तीन वर्षको अवधिमा तत्काल, मध्यकाल र दीर्घकालका लागि पुनस्र्थापना रणनीति अवलम्बन गर्न सुझाव दिइएको छ ।

प्रकाशित: २८ कार्तिक २०७४ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App