८ वैशाख २०८१ शनिबार
समाज

करेन्ट लागेर ट्रिपर चालक र सहचालकको मृत्यु

तुलसीपुर – दाङको देउखुरीको राप्ती खोलामा टिपर सफा गर्ने क्रममा बिहीबार बेलुकी करेन्ट लागेर टिपरका चालक र सहचालकको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला वडीगाउँ नगरपालिका निवासी चालक २८ वर्षीय चन्द्रबहादुर वाइबा र सहचालक १७ वर्षीय कुमार थिङको मृत्यु भएको हो। 

अर्घाखाँची सिमेन्ट उद्योगमा समान झारेर नजिकै रहेको खोलामा टिपरको पछिल्लो भाग उठाएर सफा गर्ने क्रममा नजिकै रहेको विद्युत् हाइटेन्सनको करेन्ट प्रवाह भएर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे मृतकका परिवारमा जानकारी गराइसकेको मृतकको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ। 

प्रकाशित: ८ मंसिर २०७४ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App