coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बस दुर्घटनामा एकको मृत्यु, चार जना गम्भीर घाइते

श्रीहरि पौडेल
तनहु- शुक्रबार राति तनहुँको म्याग्दे ६ अकलामा बस दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ४ जना यात्रु गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा पर्सा मणिपुर ६ का डा. रघुबंश त्रिपाठी रहेको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । डा. त्रिपाठी पोखराको गण्डकी मेडिकल कलेजमा कार्यरत रहेका थिए ।
बस दुर्घटनामा ४ जना यात्रु गम्भीर घाइते भएको प्रहरी निरक्षक राजेन्द्र अधिकारीले बताए । उनीहरुको पोखराका अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
पोखराबाट विरगञ्ज आउर्दै गरेको ना४ख ६५०० नम्बरको यात्रुबाहक बस गएराति आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

 

प्रकाशित: ९ मंसिर २०७४ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App