१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बिस्फोटपछि पनि उत्साहजनक मतदान [फोटो फिचर]

धरान– मतदान केन्द्रमा सुतली बम बिस्फोट गराए पनि धरान उपमहानगरपालिकासहितको सुनसरी निर्वाचन क्षेत्र नं १ मा उत्साहजनक मतदान भइरहेको छ ।
बिहान करिब पौने १० बजेतिर धरान १६ स्थित चन्द्र संस्कृत उच्चमाविको मतदान केन्द्रमा अज्ञात व्यक्तिले विस्फोट गराए पनि मतदानमा कुनै अवरोध भएको छैन ।
विस्फोटको बेला केहीबेर मतदानस्थल बाहिर लामबद्ध मतदाताहरु त्रसित भए पनि स्कुलको मैदानमा मतदान गर्न पुगिसकेका मतदाताहरु भने निर्भयका साथ मतदानमा सहभागी भएका थिए । कुनै ठूलो क्षति नभएको कारण बाहिर लाममा लागेका मतदाताहरु पनि केहीबेरमा पुनः मतदान गर्न लामबद्ध भएका थिए ।
मतदानस्थलभन्दा करिब सय मिटर टाढा विद्यालयको कम्पाउण्डमा सुतली बम बिस्फोट भएकाले मतदान बिथोलिन नसकेको डीएसपी रामेश्वर पौडेलले बताए । उनले भने, ‘मतदाता बनेर आएका व्यक्तिले स्कुलको कम्पाउण्डमा सुतली बम झरेर पड्काएको स्थलगत अध्ययनपछि देखिएको छ । यो मात्र त्रसित बनाउन खोजेको हो, पड्केको ठाउँमा झार पनि केही भएको छैन । मतदान पनि रोकिएको छैन ।’
घटनापछि सुरक्षा व्यवस्था थप मजबुद बनाइएको छ भने अशक्त, अपांग, वृद्ध, युवा सबै उमेर समुहका मतदाताहरु मतदान गर्न पुगिरहेका छन् ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App