७ वैशाख २०८१ शुक्रबार
राजनीति

काठमाडौँमा काँग्रेस र एमाले ४–४ स्थानमा विजयी

काठमाडौँ – दोश्रो चरण अन्तर्गत काठमाडौँमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनकोे पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर १, ४, ६ र १० मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ भने  २,३, ८ र ९ मा नेकपा एमालेले विजय हासिल गरेको छ।

क्षेत्र नम्बर १ मा काँग्रेसका प्रकाशमान सिंह १०९३६ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी विवेशील साझाका रविन्द्र मिश्रले १०११८ मत प्राप्त गरे। त्यस्तै क्षेत्र नम्बर ४ मा काँग्रेसका गगन थापा २१५५८ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १८१४० मत प्राप्त गरे ।  क्षेत्र नम्बर ६ मा माओवादी केन्द्रका झक्कु सुवेदीले १५४८५ मत प्राप्त गर्दा काँग्रेसका भीमसेनदास प्रधानले १६७८५ मतसहित  विजयी हासिल गरे। क्षेत्र नम्बर १० मा  काँग्रेसका राजन केसीले २४१९० मत प्राप्त गर्दा माओवादीका हितमान शाक्यले २१९०७ मत प्राप्त गरे। 

त्यसैगरी काठमाडौँ क्षेत्र नम्बर २ मा एमालेका माधवकुमार नेपाल २७३६६ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक कुइँकेलले १४९०२ मत प्राप्त गरे, त्यस्तै विवेकशील साझाका डा. सुर्यराज आचार्यले ७४३७ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर ३ मा १९१६९ मत प्राप्त गरी नेकपा एमालेका कृष्ण राईले विजय हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अम्बिका बस्नेतले १४,८८४ मत प्राप्त गरिन् । क्षेत्र नम्बर ८ मा एमालेका जिवनराम श्रेष्ठ १३३९७ मतसहित विजयी हुँदा काँग्रेसका नविन्द्रराज जोशीले १२९५३ मत प्राप्त गरे । त्यस्तै क्षेत्र नम्बर ९ मा काँग्रेसका ध्यान गोविन्द रञ्जितले १४८०२ मत प्राप्त गर्दा एमालेका कृष्णगोपाल श्रेष्ठले २२८५२ मत सहित विजय हासिल गरे। 

त्यस्तै काठमाडौँका अन्य बाँकी क्षेत्रको भएको पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले अगाडि रहेको छ । काठमाडौँ  ५ र ७ मा एमाले अग्र स्थानमा छ। 

क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका डा. प्रकाशशरण महतले ३१७२ मत प्राप्त गर्दा नेकपा एमालेका ईश्वर पोखरेलले ५५५२ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । त्यसैगरी विवेकशील साझाका उज्ज्वल थापाले १००९ मत प्राप्त गरेका छन्। त्यस्तै क्षेत्र नम्बर ७ मा एमालेका रामवीर मानन्धरले ९००० मत प्राप्त गर्दा राप्रपाका विक्रमबहादुर थापाले ४९८५ मत प्राप्त गरेका छन् ।

प्रकाशित: २३ मंसिर २०७४ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App