coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाँके प्रदेश सभा सदस्यमा हमाल, केसी र खरेल निर्वाचित

नेपालगन्ज- बाँकेको तीन वटा प्रदेश सभाको मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बेलुका सम्म सार्वजनिक गरेको मत गणनाको परिणाम अनुसार प्रदेश सभा–१ ‘क’ र प्रदेश सभा–३ क मा नेकपा माओबादी र प्रदेश सभा–२ ‘ख’ मा नेपाली काँग्रेस विजयी भएको हो । प्रदेश सभा–१ ‘क’ मा माओबादी केन्द्रका नेतृ कृष्णा केसी, प्रदेश सभा–३ ‘क’ मा माओबादी केन्द्रकै ईन्द्रप्रसाद खरेल (आईपी) र प्रदेश सभा–२ ‘ख’ मा नेपाली काँग्रेसका सुरेन्द्र हमाल विजयी भएका हुन्।

  लोकतान्त्रिक गठबन्धनका हमालले ९ हजार २ सय ११ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी संघीय समाजबादी फोरम नेपालका दुर्गेश बैश्य (गुप्ता) ले ८ हजार ४ सय ३२ मत ल्याएका थिए ।

  यस्तै वाम गठबन्धनका खरेलले १६ हजार ६ सय ७४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक गठबन्धन (नेपाली काँग्रेस) का चन्तराम थारुले १४ हजार ८ सय ९१ मत ल्याएका  थिए । यसैगरी प्रदेश सभा–१ ‘क’ मा निर्वाचित वाम गठबन्धनकी कृष्णाले १३ हजार ४ सय ३६ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका शरदचन्द्र बर्माले १० हजार २ सय ४० मत ल्याए । विजयी घोषणा लगत्तै अविर जात्रा गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ताले मत गणनास्थल भेरी प्राविधिक शिक्षालय परिसरबाट विजयी जुलुस निकालेका थिए।

प्रकाशित: २३ मंसिर २०७४ १४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App