खोटाङ– मलेसियामा एक नेपालीको मृत्यु भएको छ । रोजगारीका सिलसिलामा ७ वर्षअघि मलेसिया पुगेका खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका राजेन्द्र प्रधानको मृत्यु भएको हो। बस्दै आएको कोठा नजिक अर्धचेत अवस्थामा फेला परेका प्रधानको उपचारकोक्रममा कजाङ अस्पतालमा मृत्यु भएको सँगै काम गर्दैआएका बिकास प्रधानले जानकारी दिए ।
मलेसियाको कजाङमा सेक्यूरिटीगार्डकारुपमा कार्यरत प्रधानको शव नेपाल ल्याएर पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्तले बताएका छन् । अस्पतालले उच्चरक्तचापका कारण मृत्यु भएको बताए पनि प्रधानको मृत्युलाई शंकास्पद मानिएको छ ।
प्रधानको हत्याको प्रयास भएको आफन्तको आशंका छ । मृतक प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् । अभिभावकको मृत्यु भएपछि प्रधान परिवारको विचल्नी भएको छ ।
सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...
वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...
घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।
फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...
जधानीको गोल्फुटारस्थित लोयल्टी एकेडेमीमा अध्ययनरत अस्मिता खड्का यो वर्षको ‘राइजिङ स्टार’ विजेता बनेकी छन्। ...
गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई ‘अजर अमर सम्मान २०७५’ बाट सम्मान गरिने भएको छ । संगीतकार संघ नेपालले शुक्रबार काठमाडौंबाट...
पछिल्लो समयमा प्रेमकथाका फिल्म बन्ने र रिलिज हुने क्रम बढ्दो छ । यही मेसोमा प्रेमकथाकै कुरा बोल्ने नयाँ फिल्म ‘प्रेमवाणी’को...
आगामी जेठ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बेबी आइ लभ यू’को गीत ‘कान्छी मायालु’ गाउने र यसको उत्कृष्ट कभर भिडियो...
यसमा तपाईको मत