७ वैशाख २०८१ शुक्रबार
राजनीति

बाग्लुङमा समानुपातिक तर्फ काँग्रेस पहिलो

बागलुङ – प्रत्यक्ष तर्फ बागलुङमा एक सिट पनि नजितेको नेपाली काँग्रेस समानुपातितर्फ भने जिल्लामा पहिलो पार्टी भएको छ ।

समानुपातिकतर्फ नेपाली काँग्रेसले प्रतिनिधि तथा प्रदेश सभा दुवै तर्फ सबै भन्दा बढी मत पाएको हो । नेपाली काँग्रेसले प्रतिनिधि सभा तर्फ ३५ हजार छ सय ६८ मत पाएको छ । नेकपा एमालेले ३० हजार ६ सय ३५, राष्ट्रिय जनमोर्चाले १५ हजार ९ सय ३४ र नेकपा माओवादी केन्द्रले १४ हजार चार सय ५० मत पाएका छन् ।

बागलुङबाट राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझाले समेत हजार माथि मत पाएका छन्। राप्रपाले एक हजार दुई सय १२ र विवेकशील साझाले एक हजार एक सय ९६ मत पाएको छ। देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले आठ सय ६९, नयाँ शक्ति नेपालले तीन सय ७४, नेकपा मालेले तीन सय ६४, संघीय समाजवादी फोरमले दुई सय ३२ र आमुल परिवर्तन मसिहा पार्टीले एक सय ६५ मत पाएको छ। प्रदेश सभातर्फ नेपाली काँग्रेसले ३३ हजार ६ सय ४० मत ल्याएको छ । एमालेले २९ हजार ५४, राष्ट्रिय जनमोर्चाले १६ हजार सात सय ४ र नेकपा माओवादी केन्द्रले १३ हजार आठ सय ३३ मत ल्याएको छ।

प्रदेस सभामा राप्रपाको एक हजार पाँच सय ७२, विवेकशील साझाले आठ सय ६३, देशभक्त जनगणतान्त्रिक मोर्चाले ६ सय ४९, नयाँ शक्तिले चार सय पाँच, नेकपा माले तीन सय ४६, संघीय समाजवादी फोरम नेपाल दुई सय १४ र नेपाली जनता दलले एक सय पाँच मत ल्याएका छन्। कुल एक लाख ६७ हजार दुई सय ८२ मतदाता रहेको बागलुङमा एक लाख आठ हजार एक सय ५१ मत खसेको थियो ।

प्रत्यक्ष तर्फ बागलुङको दुई प्रतिनिधि सभा र चार प्रदेश सभा सदस्य वाम गठबन्धनले जितेको थियो । यस पटक जिल्लामा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएर निर्वाचनमा गएका थिए। 

प्रकाशित: २६ मंसिर २०७४ १०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App