७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्याङजा १ मा एमालेका मरासिनी विजयी

मोहन गुरुङ

स्याङजा- प्रतिनिधिसभा सदस्य पदका लागि स्याङजा क्षेत्र नम्बर १ मा वामगठबन्धनका उम्मेदवार नारायण मरासिनी विजयी भएका छन्। उनले निवर्तमान सांसद राजु थापालाई भारी मतान्तरले पराजित गरेका हुन्। मरासिनी नेकपा एमाले प्रतिनिधि परिषदका पूर्व सदस्य हुन्।

मरासिनीले ३९ हजार २ सय २६ मत ल्याए । उनको प्रतिस्पर्धी थापाले २८ हजार ६ सय ६२ मत पाए । उनीबीच १० हजार ५ सय ५४ मतको भारी अन्तर रहयो।

१ लाख ८ हजार ६ सय ८९ मतदाता रहेको उक्त क्षेत्रमा ७० हजार २ सय ५ मत खसेको थियो । ६८ हजार ४ सय ७६ मत सदर भए भने १ हजार ७ सय २० मत बदर भएको प्रमुख निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले बताए।

मरासिनी र राजु २०७० सालमा संविधान सभा सदस्य पदमा प्रतिस्पर्धा गरेका थिए । त्यति बेला झिनो मतान्तरले मरासिनी पराजित भएका थिए । क्षेत्र नम्बर १ मा सात जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका थिए ।

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका लागि वर्तमान उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र एमाले नेतृ पदमा अर्यालबीच कडा प्रतिस्पर्धा भैरहेको छ।

 

प्रकाशित: २६ मंसिर २०७४ १४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App