८ वैशाख २०८१ शनिबार
राजनीति

गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्नेछ :  नेता नेम्वाङ

इलाम– नेकपा एमालेका नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताएका छन्। 

मतदातालाई धन्यवादज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उनले भने, “हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौं, जनतालाई आश्वासन होइन, विकास दिन्छौँ।” 

“तपाईंहरूको अपार माया र विश्वासले हामीले निर्वाचन जितेका हौँ, तपाईंहरूले विकास चाहनुभएको छ, हामी त्यो पूरा गरेरै छाड्छौँ”, नेता नेम्वाङले भने। 

उनले इलामको २ नं क्षेत्र कर्णाली जस्तै अविकसित छ, यहाँ विकास निर्माण गरेर सुन्दर बनाउने जिम्मा पाएका छौँ, विकास र समृद्धि यस क्षेत्रको आवश्यकता हो भन्दै राष्ट्रलाई आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउने प्रतिवद्धता व्यक्त गरे। 

इलाम क्षेत्र नं २ (ख) का प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा (रमण)ले जनताले चाहेको आर्थिक र समृद्धिको शुरुवात गरिने बताउँदै विकास पूर्वाधारलाई पहिलो प्राथमिकता राखिने धारणा व्यक्त गरे। 

प्रकाशित: २७ मंसिर २०७४ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App