७ वैशाख २०८१ शुक्रबार
राजनीति

कसैको शुन्य, कसैको एक भोट

खोटाङ – खोटाङमा एक सय मत पनि नपाउने दलको संख्या ३६ पुगेको छ । कुल १ लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा प्रत्यक्ष र समानुपातिकतर्फ ३६ साना दलले सय भोट नघाउन सकेनन् । प्रमुख  निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उठेका एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीका महेश बास्तोलाले ८८, राष्ट्रिय जनमुक्तीका गोकर्ण राईले ७८, मंगोल नेशनल अर्गनाइजेसनका बीरलाल राईले ६८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गणेशबहादुर राईले ४९ मत पाएका छन् । 
कुल मतदातामध्ये ७१ हजार ३११ मत खसेको खोटाङमा प्रतिनिधिसभाको समानुपातिकतर्फ नेपाली कांग्रेस बिपी र देशभक्त समाजले एक मत पनि पाएनन् । समानुपातिक प्रतिनिधिसभामा राष्ट्रिय मुक्ति आन्दोलन नेपालले ७० मत, एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रबादीले ६३ मत, चुरेभावर लोकतान्त्रिक पार्टीले ५८ मत, मंगोल नेशनल अर्गनाइजेसनले ४२, नेपाल मजदुर किसान पार्टीले ३४, राष्ट्रिय जनमुक्तीले ३१ मत, नेपालबादले २४ मत, नेपाल लोकतान्त्रिक जनता कांग्रेसले २१ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १९ मत पाएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
यस्तै, जनशक्ती नेपालले १४, नेपाल जनता पार्टीले १४, देशभक्त जनगणतान्त्रिक मोर्चाले १३, नेपाल नौलो जनबादीले १२, नेपाल समावेसीले ११, नेपाल सुकुम्बासी लोकतान्त्रिकले १०, आमूल परिवर्तन मसिहा पार्टीले १०, राष्ट्रिय समाजबादीले १०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले ७, राष्ट्रिय जनमोर्चाले ७, ग्रीन पार्टीले ७ मत पाएको छ । राष्ट्रिय यथार्थबादीले ६, नेकपा माक्र्सबादीले ६, नेपाल युवा किसान पार्टीले ६, नेपाल दर्शनलले ४, नेपाल संघीय समाजबादीले ४, जनप्रजातान्त्रिक पार्टीले ४, देशभक्त लोकतान्त्रिकले ४, बहुजन शक्तीले ३, लिवरल डेमोक्रेटिक ३, युवा नेपाल पार्टीले ३, नेपाः राष्ट्रिय पार्टीले ३, हाम्रो पार्टीले ३, तामाङसालिङ लोकतान्त्रिकले २ र नेपाल दलित पार्टीले १ मत पाएको छ । 
यस्तै, प्रदेशसभातर्फको समानुपातिकमा संघीय खम्बूवान लोकतान्त्रिक नेपालले ९१, मंगोल नेशनल अर्गनाइजेसन ६९, राष्ट्रिय मुक्ती आन्दोलनले ६८, चुरेभावर लोकतान्त्रिकले ४८, नेमकिपाले २८, देशभक्त जनगणतान्त्रिक मोर्चाले २६, राष्ट्रिय जनमुक्तीले २३, नेपाल जनता पार्टीले १५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १४, ग्रीन पार्टीले १३, जनप्रजातान्त्रिकले १३, आमूल परिवर्तन मसिहाले १३, नेपाल संघीय समाजबादी पार्टीले ७ र राष्ट्रिय जनमोर्चाले ५ मत पाएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
मंसिर १० गते सम्पन्न निर्वाचनमा प्रदेशसभा (क) मा ३६ हजार ५५४ र प्रदेशसभा (ख) मा ३४ हजार ६९८ मत खसेको थियो ।

मत बदर अधिक 
खोटाङमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा २६ हजारभन्दा बढि मत बदर भएको पाइएको छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा समानुपातिक र प्रत्यक्षतर्फ गरी २६ हजार १८६ मत बदर भएको पाइएको हो । प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल १ लाख २५ हजार १०८ मतदाता रहेको जिल्लामा समानुपातिकतर्फ सबैभन्दा बढि मत बदर भएको पाइएको छ । समानुपातिकतर्फ १८ हजार ४०५ र प्रत्यक्षतर्फ ७ हजार ७८१ मत बदर भएको छ । 

बुधबार बिहान घोषित अन्तिम परिणाम अनुशार समानुपातिक प्रतिनिधिसभातर्फ ७ हजार ८५९ र समानुपातिक प्रदेशसभातर्फ १० हजार ५४६ मत बदर भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभा तर्फको समानुपातिक बदर मत प्रतिशत ११.०६ र प्रदेश सभा तर्फको समानुपातिक बदर मत प्रतिशत १४.८० रहेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए । समानुपातिक मतपत्रमा मतदाता झुक्किएर एक भोट दिनुपर्ने मतपत्रमा दुई÷दुई ठाउँ भोट दिइएको पाइएको छ । कतिपय मतपत्रमा ल्याप्चे, कोठा बाहिर संकेत गरेको पाइएको गणनामा संलग्न कर्मचारीको भनाई छ । 
मूख्या निर्वाचन अधिकृतको कार्यालयलका अनुशार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४ हजार १८४ मत बदर भएको छ । यस्तै, २६ हजार ५५४ मत खसेको प्रदेशसभा (क) मा १ हजार ७८१ तथा ३४ हजार ६९८ मत खसेको प्रदेशसभा (ख) मा १ हजार ८१६ मत बदर भएको छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा निर्वाचनमा अनपेक्षित मात्रामा मत बदर भएको पाइएको एमाले खोटाङका उपसचिव कुमार आचार्यले बताए । विभिन्न दलबीचमा भएको चुनावी तालमेल तथा मतदाता शिक्षा प्रभावकारी नहुँदाको परिणाम सोचेभन्दा बढि मत बदर भएको अनुमान गरिएको छ । खोटाङमा ७१ हजार ३११ मत खसेको थियो । 
 

प्रकाशित: २७ मंसिर २०७४ ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App