coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मधेसको समस्या समाधान नगरी देश शान्त हुँदैन: उपेन्द्र यादव (भिडियो)

लहान- संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसको एजेन्डा सम्बोधन अव सहज भएको बताएका छन्। भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन परिणमले प्रदेश २ मा फोरम राजपा गठबन्धनले बहुमत प्राप्त गरेपछि उनले भने,‘आन्दोलनको जनादेश र चुनावको मतादेश एजेन्डा सम्बोधनको पक्षमा छ। अव बन्ने सरकारले मधेसको एजेन्डा सम्बोधन गर्नेमा हामी विश्वस्त छौँ', उनले भने।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित यादवले नागरिकन्यूजसँग भने,‘राणा साशनकालमा पनि धेरैले प्रश्न गर्थे होला, कसरी राणा हट्छ?’ तर, राणा साशन हट्यो । निरकुंश पञ्चायत पनि समाप्त भयो । संघीय गणतन्त्रमा अरु व्यवस्थाको भन्दा समस्या समाधान सहज हुन्छ,‘यो व्यवस्थामा मधेसी, आदीवासीलगायतका समस्या सामाधान सहज छ,हुन्छ।’

'मधेसको मुद्दा कुनै क्षेत्र वा जातिको नभई राष्ट्रिय समस्या हो', उनले भने,‘सबै मिलेर समाधान गर्नुपर्छ।’ मधेसको समस्या सामाधान नगरी देश शान्त हुदैन, देश शान्त नभएसम्म विकास र समृद्धि सम्भव छैन्', उनले भने। संविधान संशोधन गरेर त्यसलाई सर्वस्वीकार्य बनाउन सबै दल गम्भीर बन्नुपर्ने उनले बताए।

 

प्रकाशित: २७ मंसिर २०७४ १३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App