coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सोलुखुम्बुमा १२ जनाको जमानत जफत

सोलुखुम्बु-  सोलुखुम्बुमा १२ जनाको जमानत जफत भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेता बाहेक सबैको जमानत जफत भएको हो। यस जिल्लाबाट १८ जना प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेको थिए ति मध्ये १२ जनाको जमानत जफत भएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार बनेका सोलुखुम्बुबाट १८ जनामध्ये १२ जना उम्मेदवारले निर्वाचन ऐन अनुसारको मत ल्याउन नसकेका हुन । सोहि कारण जमानत जफत भएको जनाईएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा–७१ को उपदफा–१ बमोजिम १२ जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका सहायक निर्वाचन अधिकृत मुरारी वस्तीले जानकारी दिए।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा–७१ को उपदफा–१ मा चुनावमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ । ऐनमा गरिएको व्यवस्था अनुसार प्रतिनिधिसभा सदस्यतर्फ ५ जना, प्रदेशसभा १ को एक स्वतन्त्र सहित ४ जना र प्रदेश सभा २ को ३ जना गरी १२ जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय सोलुखुम्बुले जनाएको छ।

 

 

प्रकाशित: २७ मंसिर २०७४ १५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App