७ वैशाख २०८१ शुक्रबार
राजनीति

यसपटक साँच्चै चुनाव लडेजस्तो भयो : दाहाल (भिडियो)

भिडियो: रमेशकुमार पौडेल

चुनावै लडे जस्तो महशुस मैले गरेको थिइन । अहिले चितवनमा आफ्नै गृहजिल्लामा आउँदा बल्ल पहिलो पटक चुनाव लडेको जस्तो, जनतासँग बडो नजिकबाट जनभावना बुझ्न कोशिश गरेको जस्तो या चुनावमा हुने सबैखालका तितामिठा अनुभवहरु पहिलोचोटी गरे मैले । किनकी शान्ति सम्झौता पछिको रोल्पाको चुनावमा म जानै परेको थिएन । एउटा सभा गरेर चुनाव जितियो । काठमाडौमा पनि पहिलो चोटी चुनाव लड्दा एक दुईटा सभा गरेर चुनाव जितियो । सिराहामा पनि मैले त्यस्तो गर्न परेको होइन । 

बरु दोस्रो संविधान सभाको बेला त चुनाव होला नहोला भने जस्तो थियो । म शान्ति सम्झौताको नेता हुनुको हैसियतले, यो परिवर्तनको पनि एउटा नेता हुनुको हैसियतले चुनाव नहोला कि भन्ने डरले आफ्नो निर्वाचन क्षेत्रमा त जाँदै गइन । देशभरि मेची महाकाली गरेर चुनावी माहोल बनाउनेतिर लागे ।

त्यसकारण मलाई व्यक्तिगत रुपले चुनावको तितो मिठो, त्यसको मर्म भावना मलाई थाहा रहेनछ भन्ने कुरा बल्ल चितवनको लडेपछि बुझेको छु । चितवनको जनताको अगाडि मैले जे संकल्प र प्रतिबद्धता व्यक्त गरेको छु, यही अनुरुप राष्ट्रको विकास अगाडि बढाउन प्रयास गर्नेछु ।

(नेपाल पत्रकार महासंघ चितवन शाखाले बिहीबार भरतपुरमा गरेको कार्यक्रममा दाहालले व्यक्त गरेको विचार)   

 

प्रकाशित: २८ मंसिर २०७४ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App