८ वैशाख २०८१ शनिबार
राजनीति

इलामको समानुपातिकमा एमाले पहिलो

इलाम- समानुपातिकतर्फ इलामका दुवै प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतगणना सकिएको छ। अन्तिम नतिजा अनुसार नेकपा एमाले सबै क्षेत्रमा सबैभन्दा ठूलो दल भएको छ।

प्रतिनिधिसभा क्षेत्र १ को ५९ हजार ९ सय ४९ मत सदर हुँदा एमालेले ३१ हजार २ सय ४७ र कांग्रेसले १७ हजार ७ सय ६ मत ल्याएका छन् । माओवादीको ३ हजार २ सय ४ मत छ ।

                क्षेत्र १(१) मा एमालेको १५ हजार ३ सय ५२, कांग्रेसको ७ हजार ८ सय ५१ र माओवादीको १ हजार ५ सय ६८ मत छ। यहाँको सदर मत २८ हजार ९ सय ८१ छ ।  क्षेत्र १ (२) मा एमालेको १४ हजार २ सय ४०, कांग्रेसको ८ हजार ७ सय ५२ र माओवादीको १ हजार ९ सय ७३ मत छ । यहाँ सदर मत २८ हजार ३८ छ।

                क्षेत्र नम्बर २ को प्रतिनिधिसभातर्फ नेकपा एमाले ३० हजार ३ सय ८३ मतसहित पहिलो भएको छ भने नेपाली कांग्रेसले २४ हजार ६ सय ८६ मत ल्याएको छ । नेकपा माओवादी केन्द्रको ४ हजार २२ मत छ । क्षेत्र २ को प्रतिनिधिसभाको समानुपातिकमा ६६ हजार ५ सय मत सदर भएको छ ।

                प्रदेशसभातर्फ क्षेत्र २ (१) मा पनि एमाले नै पहिलो स्थानमा आएको छ । यहाँ एमालेको १६ हजार २ सय २, कांग्रेसको १४ हजार ३ सय ११ र माओवादीको २ हजार १ सय ८४ मत आएको छ । प्रदेशसभातर्फ नै क्षेत्र २ (२) मा नेकपा एमालेको ११ हजार ८ सय ७१, कांग्रेसको ८ हजार ९ सय ६१ र माओवादीको २ हजार ९ सय ६७ मत आएको छ ।

                प्रत्यक्षतर्फ पनि एमाले र माओवादीको वाम गठबन्धनले जिल्लाका सबै क्षेत्रमा विजय हासिल गरेको थियो।

 

प्रकाशित: २८ मंसिर २०७४ १२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App