६ वैशाख २०८१ बिहीबार
समाज

सफाई कामदार आन्दोलित, अमरगढी नपामा तालाबन्दि

तस्विर: पुस्कर भण्डारी

पुस्कर भण्डारी

 डडेल्धुरा– डडेल्धुरामा अमरगढी नगरपालिका बजार क्षेत्र सरसफाई गर्ने कामदारहरुले नगरपालिकाको कार्यालयको कामकाज ठप्प पारेका छन् । डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाडा, खलंगा, किर्तीपुर, पोखरा बजार क्षेत्र सरसफाई गर्दै आएका कामदारहरुले महिनौसम्म आफुले तलब नपाएको भन्दै नगरपालिकाको सम्पुर्ण काम ठप्प पारेका हुन् ।

नगर सरसफाईको काम गर्दै आएका दुई दर्जन बढी कामदारहरुले नगरपालिकाको लापरवाहीका कारण तलब नपाएको बताउदै बजारबाट संकलन गरेको फोहोरको ट्याक्टर कार्यालयमै राखी कार्यालयको मुख्य गेट लगायत कार्यालयमा नै तालाबन्दि गरेका छन् । यसअघि पनि कामदारले तलब नपाएको भन्दै आन्दोलन थाले पछि सापट लिएर तलब दिएको सूचना अधिकारी लालबहादुर साउले बताए । उनले भने, 'मासिक डेढ लाख बढी रकम सरसफाई गर्ने कामदारलाई दिनुपर्ने हुन्छ । वडा अध्यक्षहरुले लेखा फाँटमा तालाबन्दि गरेको ३३ दिन पुग्यो कुनै निकास निस्कन सकेको छैन । अब उनिहरुले तलब पाउनु पर्ने माग राखी कार्यालयको सबै काम ठप्प पारेका छन् । नगर प्रमुख उपप्रमुख जिल्ला बाहिर छन् । सेवाग्राही गेट बाहिरबाटै घर फकर्नु पर्ने अवस्था सिर्जना भएको छ ।'

 नगरप्रमुख तथा उप प्रमुखको काम गर्ने शैली गैर कानुनी भएको भन्दै वडा अध्यक्षहरुले अमरगढी नगरपालिकाको नगरप्रमुख, प्रशासनशाखामा गत मंसिर २ गते तालाबन्दि गरेका थिए ।

 नगरप्रमुख तथा उप प्रमुखको काम गर्ने शैली गैर कानुनी भएको भन्दै वडा अध्यक्षहरुले अमरगढी नगरपालिकाको नगरप्रमुख, प्रशासनशाखामा गत मंसिर २ गते तालाबन्दि गरेका थिए । लामो समय बित्दा समेत नगर प्रमुख, प्रशासन शाखा, वडा अध्यक्ष लगायत सरोकारवालाहरुले तालाबन्दि खोल्न कुनै प्रयास नगर्दा आफुहरुले तलब पाउन नसकेको गुनासो कामदारको छ । 'तीन महिना भई सक्यो तलब पाउन सकेका छैनौ, कसरी गुजरा चलाउने, हामी दिनभर काम गरी बेलुकाको छाक टार्ने मजदुरलाई नगरप्रमुख, वडा अध्यक्षहरु बीचको विवादले भोकभोकै बस्नुपर्ने बाध्यता बनाईदियो, बाध्य भएर गेट र कार्यालयमा तालाबन्दि गर्नुपर्ने अवस्था सिर्जना भयो,' एक कामदार जंगबहादुर तोलांगीले भने, 'पहिले प्रत्येक महिनाको २५ गते तलब पाउन्थ्यौ, अहिले नेताहरु भएर आई सके पछि तलब त परै जाओस उल्टै यो पार्टी उ पार्टीको भनेर धम्कि सहनु पर्छ भने काम गरेको तलब लिन तालाबन्दि गर्नुपरेको छ । हिउँदको यो जाडो समयमा काम गर्न सजिलो अप्ठेरो बझेर काम गर्न सजिलो हुने कखालका औजार, पञ्जा, न्यानो लुगा कपडा उपलब्ध गराउन छोडी नेताहरु आफ्नो लडाईमा छन, हामीले दुःख गरेको कामको तलब समेत पाउन सकेका छैनौ ।' अब तलब नपाउञ्जेल तालाबन्दि जारी राख्ने अर्का कामदार हिमाल जैरुले सुनाए ।

कार्यलयको गेट मै तालाबन्दि भए पछि सेवाग्राही भने निकै मर्कामा छन् । दिनहु सिफारिस, दर्ता, नविकरण लगायतका विभिन्न कामले टाढा टाढाबाट कार्यालयसम्म पुग्ने सेवाग्राहीले भोली आउनुन भन्ने जवाफ सुनेर फर्किनु परेको छ । तीन दिन भईसक्यो भोली भोली भन्दा काम हुन सकेको छैन, गेट बाहिर बाट फर्कदै गरेका अमरगढी ९ का रमेश तिरुवाले दुखेसो गरे । उनले भने, 'नागरिकताको सिरफारिसका लागि तीन दिन आई सके काम हुन सकेको छैन । आज त गेट भित्रै पस्न पाईएन कति आउनु टाढा बाट फेरी बिवाह दर्ता गर्नु पर्ने पनि थियो ।' नेताहरुको लडाईले जहिले पनि सर्वसाधारण स्थानीयले दुःख पिडा भोग्नु पर्ने तिरुवाले सुनाए ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App