६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रदेश सभामा समानुपातिक तर्फको सिट बाँडफाँट सार्वजनिक

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक तर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको परिणाम अनुसार प्रदेश नम्बर १ मा एमालेले १५, कांग्रेस १३ र माओवादीले ५ सिट ल्याएका छन्। यस्तै संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट प्राप्त गरेका छन्।

प्रदेश नम्बर २ मा नेपाली कांग्रेसले ११ सिट, राजपाले १०, सघीय समाजवादी फोरमले ९, एमालेले ७ र माओवादीले ५ सिट पाएका छन् भने नेपाल सघीय समाजवादी पार्टीले १ सिट प्राप्त गरेका छन्।

प्रदेश नम्बर ३ मा एमालेले १६ सिट पाएको छ भने कांग्रेसले १४ र माओवादीले ८ सिट प्राप्त गरेका छन्। विवेकशील साझा पार्टीले ३ सिट र नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले एक एक सिट प्राप्त गरेका छन्।

प्रदेश नम्बर ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३, राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले एक एक सिट पाएका छन्। प्रदेश नम्बर ५ मा एमालेले १३, कांग्रेसले १२, माओवादीले ६, सघीय समाजवादी फोरमले २, राजपाले १ र राजमोले १ सिट पाएका छन्।

प्रदेश ६ मा एमालेले ६, कांग्रेसको ५, माओवादीको ४ सिट छ भने राप्रपाको १ सिट छ। प्रदेश नम्बर ७ मा एमालेको ८, कांग्रेसको ८ र माओवादीको ४ सिट र राजपाको एक सिट छ।

प्रकाशित: ७ पुस २०७४ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App