७ वैशाख २०८१ शुक्रबार
राजनीति

६ नम्बर प्रदेशको राजधानी माग्दै कर्णालीबासी

जुम्ला- राज्यको पुर्नसंरचना गर्दा कर्णालीलाई सुदुरपश्चिमसँग गाभेको विरोधमा सडकमा उत्रिएको जुम्ला अहिले कर्णालीमा प्रदेश राजधानीको माग गर्दै आन्दोलनको तयारी थालेको छ। पहिचान र सामाथ्र्यका आधारमा कर्णाली अग्रस्थानमा रहेको भन्दै कर्णालीमै ६ नम्बर प्रदेशको राजधानी हुनुपर्ने माग जुम्लाबासीको छ।

नागरिक समाज र नेपाल पत्रकार महासंघ शाखा जुम्लाको आयोजनामा सर्वपक्षीय, सर्वदलीय भेला बोलाएर कर्णालीमा राजधानी हुनुपर्ने भन्दै संघर्षको कार्यक्रम तय गर्ने सहमति भएको हो। 'आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटनका हिसाबले कर्णाली अव्वल छ,' नागरिक समाजका अध्यक्ष राजबहादुर महतले भने, 'किन ६ नम्वर प्रदेशको राजधानी कर्णाली उपयुक्त, छैन।'

सुर्खेतले राजधानी पाइसकेको दाबी गरिरहेको बेला कर्णाली राजधानी कर्णालीमै हुनुपर्ने भन्दै आन्दोलन गर्ने सुरमा छ। पूर्व सांसद तथा नेकपा एमालेका नेता देविलाल थापाले नवनिर्वाचित सांसदको नेतृत्वमा ६ नम्बर प्रदेशको राजधानी कर्णालीमै हुनुपर्ने गरी संघर्षका कार्यक्रम तय हुनुपर्ने बताए।  

उनले भने, 'खस सभ्यताको उद्गम स्थल, जल जमिन, जंगलको अपार भण्डारका साथै आर्थिक समृद्धिको ढोका कर्णाली भएकोले सहजैरुपमा ६ नम्बर प्रदेश राजधानी कर्णाली नै हुनुपर्ने तर्क गरे। उनले, राजनीतिक पार्टीको हैसियतभन्दा माथि उठेर कर्णालीको पक्षमा वकालत गर्न नवनिर्वाचित सांसद र पार्टीका केन्द्रीय सदस्यलाई आग्रह गरे।

कर्णाली राजधानी माग्दै पार्टी र सांसदबाट एकमुष्ट राजीनामा पेस गरेर जनताको पक्षमा लाग्न चुनौति दिए। कांग्रेस नेता देवेन्द्रवहादुर शाहीले ६ नम्वर प्रदेशको राजधानी कर्णाली हुनुको विकल्प नभएको बताए। 'कांग्रेसले सुर्खेत राजधानीका लागि दस्तखत पनि गरेको छैन। वचन पनि चुकाएको छैन,' उनले भने, 'एमाले, माओवादीका साथीले वचत चुकाएको खण्डमा सच्याएर आन्दोलनमा सहभागी हुनुपर्छ ।

उनले कर्णाली राजधानी हुनुपर्छ भन्ने आन्दोलनको नेतृत्व गर्दै जस्तो सुकै परिस्थितिमा पनि लडिरहने वचन दिए। नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष वरमवहादुर महतले, कर्णालीको राजधानी जुम्लामै हुनुपर्छ भन्ने छैन, तर कर्णालीमा राजधानी हुनुपर्नेमा सबै एकमत हुनुपर्ने बताए। उनले, यहाँका राजनीतिक दलका नेता कार्यकर्ताले आफ्नो पार्टीका केन्द्रीय स्तरका नेता कार्यकर्तालाई दबाब सिर्जनाको लागि आग्रह गरे। भेलामा सहभागीले कर्णालीको अथाह सम्पत्तिमाथि सुर्खेतको रजाई सैह्य नहुने भन्दै प्रशासनिक सगमता, दुरीका हिसाबले कर्णालीमै राजधानी हुनु पर्नेमा जोड दिए।

प्रकाशित: ८ पुस २०७४ ०९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App