coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

मेलमिलाप नीतिको आलाप

काठमाडौं– आठ वर्षको भारत प्रवासपछि विपी कोइरालासहितका नेताहरु 'राष्ट्रिय एकता र मेलमिलाप नीति' लिएर २०३३ पुस १६ गते नेपाल फर्केको दिनको स्मरणमा आज विभिन्न कार्यक्रम गरिदैछ ।

नेपालको आधुनिक राजनीतिक इतिहासलाई निरन्तर साढे तीन दशकसम्म आकर्षित, प्रभावित र आन्दोलित गरेका विपी कोइरालाको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको राजनीतिशास्त्री प्रा. डा. यज्ञ अधिकारी बताउँछन् । मुलुकका समस्या समाधानका लागि आन्तरिक रुपमै लचिलो भएर प्रस्तुत हुनु नै मेलमिलाप नीतिको सार भएको अधिकारी बताउँछन् ।

रेडियो नागरिकको नियमित कार्यक्रम नागरिक मञ्चमा आइतवार बिहान बोल्दै प्रा. डा. अधिकारीले मूल्य र निष्ठाको राजनीति हराउदै गएको र सबैजसो पार्टीको आन्तरिक संरचना बिग्रेको बताए ।

भारत प्रवासमा रहँदा नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सकारात्मक सहयोग नभएपछि विपीसहितका नेता नेपालमा राजासँगै हातेमालो गर्न सकिने तर पराई भूमिमा बस्नु ठिक नहुने निष्कर्षसहित स्वदेश फर्किएका थिए ।

कांग्रेसका नेताहरु विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु मेलमिलाप नीति लिएर नेपाल फर्किएका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार वर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई सात वर्ष जेल चलान गरेका थिए । त्यसपछि २०२५ सालमा विपीसहितका कांग्रेसका नेता भारत प्रवासमा गएका थिए । आठ वर्षपछि मेलमिलाप नीति लिएर स्वदेश फर्केपनि फाँसीसमेत हुनसक्ने सात वटा मुद्दा खेपिरहेका विपी कोइरालासहितका नेताहरुलाई विमानस्थलबाटै पक्रेर सुन्दरीजल बन्दीगृहमा लगिएको थियो ।

मेलमिलाप नीतिको चार दशक पुरा भइसक्दा पनि यसको सैद्दान्तिकरण नभएको बताउँदै राजनीतिशास्त्री अधिकारीले अहिले समकालिन नेपालको राजनीति ध्रुवीकृत हुन लागेको बताउँछन् । रेडियो नागरिकको नियमित कार्यक्रम नागरिक मञ्चमा आइतवार बिहान बोल्दै प्रा. डा. अधिकारीले मूल्य र निष्ठाको राजनीति हराउदै गएको र सबैजसो पार्टीको आन्तरिक संरचना बिग्रेको बताए । तलको लिंकमा अन्तर्वार्ता सुन्न हेर्न सकिन्छ ।

प्रकाशित: १६ पुस २०७४ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App