coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

रानीपोखरी बनाउन पश्चिमा पण्डितको पछि लाग्नु पर्दैन: योजनाविद भरत शर्मा

काठमाडौ महानगरको भित्तामा झुन्ड्याइएको रानीपोखरीको प्रस्तावित ढाँचा ।

काठमाडौं– २०७२ वैशाख १२ को भूकम्पले थुप्रै जनधनको क्षति भयो । धेरै सम्पदाहरुमा क्षति पुग्यो । अहिले ती सम्पदाहरु पुनः निर्माणको क्रममा रहेका छन् । तीनै सम्पदाहरुमध्ये एक हो–रानीपोखरी । झण्डै ३ सय ५० वर्ष अघि राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी पुनः निर्माणको बहस चुलिएको छ । पुरातात्विक महत्वको रानीपोखरीलाई काठमाडौँ महानगरपालिकाले कंक्रिट प्रयोग गरी पुनः निर्माण गर्न थालेपछि उक्त कदमको व्यापक विरोध भएको छ ।

कंक्रिट राखेर पुननिर्माण गर्ने मेयर विद्यासुन्दर शाक्यको योजनाको व्यापक विरोध भएपछि महानगरले रानीपोखरीलाई मल्लकालीन शैलीमै पुनः निर्माण गर्ने निर्णय गरेको छ र त्यसका लागि विज्ञहरुको समिति पनि गठन गरेको छ ।

वरिष्ठ योजनाविद प्रा.डा. भरत शर्माले रानीपोखरी पुनःनिर्माणको विवादलाई सम्पदामाथिको उपहास भएको बताउँछन् ।नेपाली ज्ञान, सीप र क्षमताको प्रयोग गरेरै सम्पदाहरुको निर्माण गर्न सकिने र पश्चिमा पण्डितहरुको पछि लाग्नु नपर्ने बताए । सुन्नुहोस् रेडियो नागरिकले शर्मासँग गरेको कुराकानी 

प्रकाशित: १८ पुस २०७४ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App