६ वैशाख २०८१ बिहीबार
विचार

ओलम्पिकको नयाँ अध्याय

गणतन्त्र कोरियाको आयोजनामा आगामी फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिक (विन्टर ओलम्पिक) र पारा ओलम्पिक खेलमा अन्य ओलम्पिकको तुलनामा सबैभन्दा ठूलो शीतकालीन खेल समावेश भएको ओलम्पिक हुनेछ । यस ओलम्पिकमा १०० भन्दा बढी स्वर्ण पदक, ६ वटा भिन्न कार्यक्रमको आयोजना र ठूलो संख्यामा महिलाहरूको सहभागिता हुनेछ । यसले ओलम्पिकमा नयाँ इतिहास रच्नेछ ।

यस ओलम्पिकमा ५० हजारभन्दा बढी खेलाडी, पदाधिकारी तथा मिडियाले भाग लिनेछन् । फ्यङछाङ् ओलम्पिकको सुरुवातसँगै चरणबद्ध रूपमा एसिया क्षेत्रमा ओलम्पिक खेलको आयोजना हुनेछ । हामी सन् २०२० मा टोक्यो ग्रीष्मकालीन (समर) ओलम्पिकका लागि टर्च हस्तान्तरण गर्छौं । त्यसैगरी सन् २०२२ मा बेइजिङ शीतकालीन ओलम्पिकको माध्यमबाट विश्वभरि नै शान्ति र सद्भाव जगाउनका लागि प्लेटफर्मका रूपमा भूमिका खेल्नेछौँ ।  

कोरियामा हुने यस ओलम्पिक प्रतियोगिता प्रथम पटक हुने होइन, कोरियाले ३० वर्ष अगाडि सउल ग्रीष्म ओलम्पिक (समर ओलम्पिक) सन् १९८८ को अनुभव गरिसकेकाले ओलम्पिकको सम्बन्धमा शक्तिशाली तथा गौरवान्वित महसुस गर्छौं ।

सन् १९५० बाट १९५३ सम्म चलेको कोरियाली युद्धले तहसनहस पारेको कोरियाले लामो समयसम्म वैदेशिक सहयोगमा निर्भर हुनुपरेको थियो । सन् १९६० मा कोरियाको प्रतिव्यक्ति आय अमेरिकी डलर १०० भन्दा थोरै भएकाले अति न्यून आय भएका मुलुकको सूचीमा सूचीकृत भएको थियो । कोरियाको सउल समर ओलम्पिक नै देशको द्रुत विकासको आधारशिला भएको थियो भनेर भन्न सकिन्छ । यसै ओलम्पिकको माध्यमबाट कोरिया विश्वभरि नै परिचित हुने अवसर मिल्नुका साथै कोरियाले भविष्यमा पनि जोखिम मोल्न सक्नेछ भन्ने दृढ विश्वास दिलाएको छ ।

सन् १९८८ को सउल समर ओलम्पिक खेलले शीतकालीन खेलको माध्यमबाट विश्वभरि शान्ति र सद्भावका लागि एक हुने महत्वपूर्ण भूमिका खेलेको अवस्थालाई मनन गर्न सकिन्छ । गणतन्त्र कोरियाले आयोजना गर्ने यस ओलम्पिकको माध्यमबाट पुनः एकपटक हाम्रो शान्ति, एकता र समन्वयको परम्परालाई प्रष्फुटन गर्न चाहन्छौँ । कोरिया सरकारले फ्यङछाङ् ओलम्पिकलाई शान्तिपूर्ण रूपमा आयोजना गर्न सम्पूर्ण तयारी पूरा गरिसकेको छ । कोरियाली प्रान्तको असमझदारीलाई सहज गर्न कोरिया सरकारले उपयुक्त वातावरण सिर्जना गर्न दुई कोरियाबीच वार्ताको आह्वान गरेर आपसी समझदारीका निम्ति योजना तर्जुमा गरेको अवस्था छ ।

२०१७ नोभेम्बरमा संयुक्त राष्ट्रसंघ महासभाले संकल्प जारी गर्दै खेल तथा ओलम्पिकका माध्यमले शान्त र समृद्ध विश्वको परिकल्पनासम्बन्धी अवधारणा घोषणा गरेको छ । यसअनुसार सुरक्षित तथा शान्तिपूर्वक फ्यङछाङ् ओलम्पिकको आयोजना हुनेछ । यसै सन्दर्भमा हाम्रो सरकारले उत्तर कोरियासमक्ष उच्च स्तरीय वार्ताका लागि प्रस्ताव गरेर दुई कोरियाको सीमा क्षेत्र फान्मुनजोनमा यही जनवरी ९ मा वार्ताको मिति निर्धारण गरिसकेको छ । जसमा फ्यङछाङ् ओलम्पिकमा उत्तर कोरियाको सहभागितासम्बन्धी छलफल हुनेछ । उत्तर कोरियाले यस सम्बन्धमा जवाफ दिँदै क्रसबोर्डर हटलाइन टेलिफोन सेवाको पुनः सुरुवात गरेर दुई देशका अधिकारीबीच समन्वय गर्ने भनी जवाफ दिएको छ ।

फ्यङछाङ् विन्टर ओलम्पिकले घनिष्ठ मित्रवत सम्बन्ध रहेको कोरिया­नेपालको सम्बन्धमा अर्को प्लेटफर्मको भूमिका खेल्नेछ । फ्यङछाङ् सहरले अन्तर्राष्ट्रिय युवाहरूका लागि लक्षित गरेर ड्रिम कार्यक्रमहरू २००४ बाट हरेक वर्ष नियमित रूपमा विभिन्न विन्टर स्पोर्टस क्याम्प सञ्चालन गर्दै आएको छ । विशेष गरी विन्टर खेलको अनुभव लिन नसक्ने मुलुकका युवाहरूलाई लक्षित गरिएका कार्यक्रम समावेश हुने गरेका थिए । आजका मिति सम्म ७५ वटा मुलुकबाट १५ सय युवा खेलाडीहरूले भाग लिएको उक्त कार्यक्रममा नेपालबाट पनि बहुसंख्यक खेलाडीहरूले अनुभव लिएको अवस्था छ । यिनै खेलाडीहरूमध्ये १६६ जनाले अन्तर्राष्ट्रिय ओलम्पिक प्रतियोगितामा भाग लिइसकेको अवस्था छ ।

फ्यङछाङ् विन्टर ओलम्पिकमा नेपालका खेलाडीहरूको सहयोगका लागि कोरियाको सरकारी ऊर्जा निकाय कोसेप भन्ने कम्पनीले सहयोग गरेको छ । कोसेप हाल नेपालको माथिल्लो त्रिशूली—१ जलविद्युत् परियोजनामा सहभागी छ । कोसेपले फ्यङछाङ् विन्टर ओलम्पिकमा भाग लिने नेपाली खेलाडीलाई सहयोगस्वरूप १० लाख रुपियाँ उपलब्ध गराई नेपाली खेलाडीले अल्पाइन र क्रस कन्ट्री स्किमा भाग लिनेछन् ।  

हामीलाई आशा छ, हाम्रा नेपाली मित्रहरूले फ्यङछाङ् ओलम्पिक खेलमा समर्थन गर्दै सहभागी भएर संसारभरिका खेलप्रेमीहरूसँगै रमाउँदै जोस तथा उत्साहसाथ विन्टर खेलको सुन्दरताको आनन्द लिनुहुनेछ ।

(नेपालका लागि गणतन्त्र कोरियाका राजदूत)
 

प्रकाशित: २५ पुस २०७४ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App