७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश सरकार र राष्ट्रिय सभा निर्वाचनको तयारी गर्न एमाले- माओवादी संयुक्त कार्यदल

नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक ओली निवासमा । तस्विर: दिपेश श्रेष्ठ

काठमाडौं-  नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठकले कार्यदल बनाएको छ। बैठकले राष्ट्रिय सभा र प्रदेश सरकार गठनका लागि कार्यदल बनाएको हो। उक्त कार्यदलमा एमालेका सुवासचन्द्र नेम्वाङ, शंकर पोख्रेल सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादीबाट राम बहादुर थापा, वर्षमान पुन र मातृका यादव सदस्य रहेको एमाले नेता झलनाथ खनालले नागरिक न्यूजलाई बताए। प्रदेश सभा सरकार गठन, राष्ट्रिय सभा निर्वाचन बारे कार्यदलले काम गर्ने छ। राजनीतिक तथा कानूनी विषयमा तयारी गरेर कार्यदलले पार्टीलाई सुझाव दिने गरी कार्यदल गठन भएको खनालको भनाई छ।

खनालका अनुसार बैठकले पार्टी एकतालाई सम्पादन गर्नको लागि दुई कार्यदल बनाउने निर्णय गरेको छ। एकता पछि बन्ने पार्टीको वैचारिक दिशातय गर्नको लागि वैचारिक कार्यदल र संगठन सम्वन्धि तयारी गर्नको लागि संगठनात्मक कार्यदल बनाउने सहमति भएको खनालले बताए।

खनालका अनुसार बैठकले पार्टी एकतालाई सम्पादन गर्नको लागि दुई कार्यदल बनाउने निर्णय गरेको छ। एकता पछि बन्ने पार्टीको वैचारिक दिशातय गर्नको लागि वैचारिक कार्यदल र संगठन सम्वन्धि तयारी गर्नको लागि संगठनात्मक कार्यदल बनाउने सहमति भएको खनालले बताए। दुई कार्यदलका सदस्यहरुबारे अर्को बैठकले निर्णय गर्ने उनले जानकारी दिए। संगठनात्मक कार्यदलले नयाँ बन्ने पार्टीमा पदीय बाँडफाँट कसरी गर्ने भन्ने तयारी सहित गर्ने छ। एकता पछिको पदिय बाँडफाँटबारे बैठकमा छलफल भए पनि त्यसको गृहकार्य कार्यदलले गर्ने र त्यसको आधारमा निर्णय लिने गरी बैठकमा छलफल भएको थियो। बैठकले सरकारलाई दिर्घकालिन महत्वका निर्णय नगर्न समेत अनुरोध गरेको छ।

असोज १७ गते एमाले र माओवादीबीचमा चुनावी तालमेल भएको थियो। निर्वाचन पछि पार्टी एकता गर्ने भनिए पनि त्यसले गति लिन नसकिरहेको अवस्थामा संयोजन समितिको बैठक बसेको हो। बैठकमा नेताहरुले एकता प्रक्रियालाई तिब्रता दिनुपर्ने बताएका छन्।  

संयोजन समितिको बैठक बस्नु अघि आइतबार दुई अध्यक्ष दाहाल र ओलीबीच छलफल भएको थियो। सोमबार एमालेको स्थायी कमिटी बैठक बसेर तयारी गरेको थियो भने सोमबार नै माओवादीका शीर्ष नेताहरुबीच समेत छलफल भएको थियो।

प्रकाशित: २५ पुस २०७४ १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App