coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

जीवन, प्रेम, खुशी र राजनीतिबारे मनिषा कोइराला

नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा वीपी कोइरालाकी नातिनी एवं चर्चित बलिउड अभिनेतृ मनिषा कोइराला आजकल सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । क्यान्सर रोगबाट पिडित भइकन पनि नयाँ जीवनलाई सार्थक पार्ने मध्येमा मनिषा प्रेरक छिन् । क्यान्सर पछि उनको जीवनमा के परिवर्तन आयो? नेपाली समाज र राजनीति बारे उनको बुझाइ के छ? रिपब्लिका दैनिकका सुवाष घिमिरेमहावीर पौडेलले कोइरालासँग कुराकानी गरेका छन् ।

क्यान्सरले तपाईको जीवन कसरी बदल्यो?

क्यान्सर वास्तवमा मेरा लागि विशाल उपहार बनेर आयो । म आफ्नो जीवनको त्यो समयसम्म अन्जानमा रहें जब क्यान्सरले पहिलोपटक मलाई आक्रमण गर्यो । यो निकै पीडादायी थियो। तर वितेको समयअनुसार मलाई यसरी हल्लायो कि मैले मृत्युको नजिक पुगेको महसुस गरे। पहिलोपटक मृत्युको त्रास थाहा पाएँ।

मैले अरुको मृत्युको बारेमा सुनेको थिए। मृत्यु देखेकी थिए, तर जब मैले आफै मृत्युसँग सामना गर्नुपर्यो तब मेरो मनमा प्रश्न उठ्न थाले।

मैले अरुको मृत्युको बारेमा सुनेको थिए। मृत्यु देखेकी थिए, तर जब मैले आफै मृत्युसँग सामना गर्नुपर्यो तब मेरो मनमा प्रश्न उठ्न थाले।

पहिलो कुरा मैले जिन्दगी त पाए तर अस्वस्थकर जीवनशैली किन अपनाए भन्ने प्रश्न उठ्यो। एकपटक क्यान्सर हुँदा मलाई महसुस भयो कि अस्वस्थकर जीवनशैलीले शरीरलाई पु¥याएको क्षति सन्तुलनमा ल्याउन मैलै कति खर्च गर्नुपर्यो । त्रास र पिडा म भित्रको यथार्थ थियो ।

दोस्रो कुरा मैले सोचे की जीवन निकै मूल्यवान छ र यति मूल्यवान छ कि मैले के गरे? के मूल्यवान जीवन मेरा लागि सुखद थियो? क्यान्सरभन्दा पहिला १० देखि १५ वर्षसम्म म अलिअलि डिप्रेशनमा थिए। म दुःखी थिए। मैले जीवनको हरेक पलको आनन्द लिन सकिरहेको थिइन्। तब मलाई महसुस हुन सुरु भयो कि जीवनमा निकै कम समस्याले ग्रसित भएकी थिए। मैले ती समस्या ठूलो ठाने। हामी पीडादायी यादहरुलाई अतिरञ्जित गर्छौ। नकारात्मक पक्षलाई कोट्याउँछौं, शायद क्यान्सर हुनुभन्दा पहिला मैले पनि यस्तो गरेकी थिए। क्यान्सरपछि मैले सकारात्मक पक्षलाई अँगाल्ने एक सचेत निर्णयमा पुगे।

मलाई दयाको पात्र बन्दा घृणा लाग्छ किनकी म सधै एक लडाकु, विजेता र हासिलकर्ताको रुपमा रहें ।

 आज तपाई जुन जीवनशैली अपनाइ रहनुभएको छ, त्यो पहिलेभन्दा कसरी अलग छ?

आज पनि मेरो जीवनमा पीडा छ। म अहिलेपनि रोइरहेकी छु। म मा अझैपनि चिन्ताहरु र दुःखद क्षण बाँकी छन् तर यी कुरामा म लामो समयसम्म डुबिरहेको छैन्। क्यान्सरको उपचारपछि मेरो जीवनमा धेरै कुरा परिवर्तन भएको छ। मैले जीवन र स्वास्थ्यको महत्वको सुरुवात गरेकी छु। मेरो दृष्टिकोण निकै सकारात्मक बन्दै गएको छ र विगतप्रति पश्चताप गरिरहेकी छु। म जीवनका ससाना अलमल्याउने कुरामा ध्यान दिन्न ।

तपाईलाई बलिउड स्टारका रुपमा हेर्दै हामी हुक्र्यौ । आफ्नो जीवनसँग खेलवाड गरिरहेको छु भन्ने तपाईलाई कहिलेदेखि महशुस भयो?

यो एक मानवीय प्रवृति हो जब तपाई कुनै कुरा सजिलैसँग पाउनुहुन्छ त्यसलाई महत्व दिनुहुन्न्। हामीहरु ठाउँ त पाउँछौं। यस्तो मेरो जीवन र करियरमा पनि भयो। यस्तो थिएन कि मैले कडा मेहेनत गरिन । तर जुन प्रकारले मैले स्टारडम हासिल गरे, त्यो त्यति रोमाञ्चक सुरुवात थिएन्। मैले सबै कुरा पाए र दिए। यो मेरो जीवन र करियर जाँच्ने गलत तरिका थियो। हाम्रो जीवनको हरेक पल मूल्यवान छ। अभिभावकसँग हाम्रो सम्बन्धलाई महत्व दिँदै यसलाई विकास गर्नुपर्छ। हामीलाई जीवनप्रति उच्च सम्मानको आवश्यकता छ।

भनिएको छ कि मानिसले योजना बुन्छ तर भगवानले षडयन्त्र गर्छ (हाँस्दै...)। यसकारण मसँग निश्चित योजना छैन। तर म आफ्ना साथी र परिवारसँग मिलेर आफूले आफैलाई सुधार्नमा ध्यान केन्द्रीत गर्नेछु। म रचनात्मक कार्यमा आफूलाई समावेश गराउन चाहन्छु।

तपाई आजभोलि निकै अध्ययन गरिरहनुभएको छ। अहिले तपाई कुन पुस्तक पढ्दै हुनुहुन्छ?

कुनै समय मैले डर (त्रास), मृत्यु र अध्यात्म बारे धेरै पढें । मैले मृत्युको डरलाई प्रत्यक्ष अनुभव गरिसके र मलाई आफैदेखि आफैसँग डर लाग्थ्यो। मलाई दयाको पात्र बन्दा घृणा लाग्छ किनकी म सधै एक लडाकु, विजेता र हासिलकर्ताको रुपमा रहें । डरको त्यो स्थानमा पुग्नु वास्तवमा मेरा लागि सहज थिएन्। यदि भोलि मेरो ढोकामा मृत्यु ढकढक्याइरहेको छ भने, म तयार रहनुपर्छ र मैले हाँसीखुशी स्वीकार गर्नुपर्छ। यसकारण मैले यी विषयहरुसँग सम्बन्धीत जुन सामग्री उपलब्ध थिए पढ्न सुरु गरे। म खासगरी जीवन र मृत्युसँग सम्बन्धित पुस्तक पढ्छु। म ती लेखहरु पढिरहेको छु जुन जीवन र मृत्युबारे लेखिएका छन्। म मृत्युको डर जित्नका लागि पढिरहेकी छु ।

अब यो चरण सकिसकेको छ र मैले आत्म सुधार, उपचार, मन शरीर र आत्माको अध्ययनबारे निकै धेरै सामग्री पढिरहेकी छु। मैले एक पुस्तक लेखेकी छु जो यस वर्षको अप्रिल वा मे मा सार्वजनिक हुनेछ। यो मुलरुपमा क्यान्सरसँग सामना गर्दाको मेरो अनुभव हो। क्यान्सर लागेका व्यक्तिको अस्तित्वका लागि यो स्थिति र संर्घषबाट मुक्ति पाउने प्रयास गरिरहेका छन्। अन्य दुई पुस्तक निकाल्ने अर्को योजना पनि छ । तर पहिलो पुस्तक सार्वजनिक भएपछि म ती पुस्तकको तयारी सुरु गर्नेछु। म नेपाली गीत निकै सुन्छु। एक समय थियो जब मैले नारायण गोपालका धेरै गीत सुनेको थिए। आजभोलि म कुनै पनि गीत, खासगरी नेपाली आधुनिक गीत सुन्छु। मैले कैयौ नेपाली किताब पढेको छैन्।

मैले आवाज र भीडको मजा लिएको छैन् जुन मैले अतितमा गरेको थिए। साथी छान्दा म सजग छु । पछिल्लो केही वर्षमा यति धेरै कुराहरु बदलिए। बाहिर टहलिनका लागि मेरा थुप्रै साथी हुन्थे । अहिले सीमित साथी छन् । म अतितसँग भन्दा परिवार र मित्रसँग निकट छु ।

तपाईको सार्वजनिक व्यक्तित्व र वर्तमान जीवन संघर्ष बीच तादात्म्य कसरी भइरहेको छ?

यो मेरो काम र कर्तव्य हो कि सम्भव भएसम्म मैले त्यो व्यक्तित्वलाई आधिकारिक मान्नुपर्छ। मैले ४५ वर्ष पार गरे, समय तीव्र गतिमा बदलिरहेको छ र धेरै कुरा भइरहेका छन् । मैलै आफूलाई व्यस्त राख्नुपर्ने (इंगेज) गर्नुपर्ने आवश्यकता छ। दर्शक र शुभचिन्तकसँग रहन मैले फेसबुक र ट्वीटर सुरु गरेकी छु। मलाई लाग्छ कि मैले हरसमय काम गर्नुछ ताकि म मानिसहरुसँग सम्पर्कमा रहिरहुँ । म एक्लो रहन सक्दिन्। तर म कुनै यस्तो चित्रण गर्न चाँहदिन जुन मेरो लागि सत्य होइन्। योभन्दा पहिला म धेरै कुरा जान्दैनथे कि मेरो वरीपरी के भइरहेको थियो। अब म सामाजिक र राजनीतिक घटनाको बारेमा थोरै तर उच्च सतर्क छु। मलाई लाग्छ कि हरेक कुराले महत्व राख्छ र प्रभाव पार्छ। मेरो सीमा साँघुरो थियो तर अब धेरै फराकिलो भइसकेको छ। म नेपाल र विश्वमा के भइरहेको छ यसको बारेमा चासो राख्छु।

तपाई पनि बागमती सफाई अभियानमा सहभागी हुनुभयो नी ?

बागमती सँधै मेरो मनको नजिकै थियो। बागमतीका लागि केही गर्नु मेरो प्राथमिकता थियो किनकी म बागमतीलाई सफा र शुद्ध देखेर हुर्किएकी हुँ। अहिले अस्तव्यस्त बसोबास र प्रदुषणले काठमाडौंको पुरानो स्वरुप नै बदलेको छ। यहाँ प्लाष्टिक हरठाउँमा छ र सडक धुलाम्मे र अराजक छन्। यसले हामीलाई दुःखी बनाउँछ। बागमती अभियानमा मेरो संलग्नता यसको पुरानो महिमा पुनःस्थापना गर्न केही गर्नुपर्छ भन्ने मेरो विश्वास हो। त्यसपछि उनीहरुले जब मलाई अभियानमा सामेल हुन अनुरोध गरे मैले सम्मान गरे। तर मलाई पनि थाहा छ कि प्याकिंग प्लास्टिकको कुनै समाधान छैन। जबसम्म प्रशासनले कुनै ठोस कदम चाल्दैन, तबसम्म हामी यसलाई स्वच्छ राख्न सक्षम छैनौं, यद्यपी हामीले हार मान्नुहुँदैन्।

बागमती सफाइ अभियानमा सहभागी हुँदै मनिषा ।

आफ्नो अतित कत्तिको सम्झिनुहुन्छ?

मलाई ती दिनहरुको सम्झना छैन्। वास्तवमा म अहिलको विताइरहेको जीवनको ख्याल गर्छु। यसले मलाई सार्थक रुपमा जीउनका लागि सिकाएको छ। मेरो विगत महत्वपूर्ण छ तर, वर्तमान निकै मूल्यवान भएको छ । मैले आवाज र भीडको मजा लिएको छैन् जुन मैले अतितमा गरेको थिए। साथी छान्दा म सजग छु । पछिल्लो केही वर्षमा यति धेरै कुराहरु बदलिए। बाहिर टहलिनका लागि मेरा थुप्रै साथी हुन्थे । अहिले सीमित साथी छन् । म अतितसँग भन्दा परिवार र मित्रसँग निकट छु ।

म फिल्म उद्योगमा सफल त भए तर जब म यो उद्योगमा लागे, मलाई विश्वास थिएन कि म वास्तवमा यसलाई ठूलो बनाउन सफल हुनेछु। म परिवारका अन्य सदस्यहरु जस्तै राजनीतिमा लागिन किनकि म विद्रोही थिए। अझै पनि छु। मेरो परिवारभित्र राजनीतिक गन्ध देखेर मैले नेपाल छोडें। म राजनीतिक रुपमा उपयुक्त व्यक्ति होइन्। मसँग राजनीतिक मन र स्वभाव छैन।

टेड TED भिडियोमा तपाईले न्यूुयोर्क अस्पतालमा भेट्टाएकी महिलाको बारेमा कुरा गर्नुहुन्छ । यस हामीलाई पनि बताइदिनुस न?

यो घटना मेरा लागि अत्यन्तै नौलो थियो। एक महिला थिइन जो हरेक आइतबार मलाई भेट्न आउँथिन्। म पहिले उनलाई चिन्दिनथे । त्यो अप्ठ्यारो समयमा मेरा लागि परिवारका सदस्य, मित्रहरु चिन्तित हुनु स्वभाविक थियो। तर, कसैले मैले पहिला नचिनेको व्यक्तिले मेरो बारेमा यति धेरै हेरचाह गर्नु अस्वभाविक थियो। त्यसैले एक दिन मैले उनलाई सोधे, किन उनले मेरो यति धेरै हेरचाह गरिन। उनले भनिन्, ‘मैले पनि उपचार पछि अरुलाई पनि यस्तै व्यवहार गर्न सकूँ ।’ उनको यो शैलीबाट म प्रभावित छु ।

केही नेपाली कलाकारहरु राजनीतिमा आएका छन्। राजनीतिक पृष्ठभूमिको परिवारमा रहनुभएको तपाई राजनीतिमा आउनुहुन्न?

मलाई लाग्छ म राजनीतिका लागि उपयुक्त छैन्। वास्तवमा म परिवारभित्र आन्तरिक राजनीतिबाट बच्नका लागि सहि काम गरिरहेकी छु। मैले यसलाई नजिकबाट देखें र यो कसरी चलिरहेको भन्ने कुराबाट सन्तुष्टि थिएन। अर्काे कुरा म फिल्म उद्योगमा सफल त भए तर जब म यो उद्योगमा लागे, मलाई विश्वास थिएन कि म वास्तवमा यसलाई ठूलो बनाउन सफल हुनेछु। म परिवारका अन्य सदस्यहरु जस्तै राजनीतिमा लागिन किनकि म विद्रोही थिए। अझै पनि छु। मेरो परिवारभित्र राजनीतिक गन्ध देखेर मैले नेपाल छोडें। म राजनीतिक रुपमा उपयुक्त व्यक्ति होइन्। मसँग राजनीतिक मन र स्वभाव छैन। यद्यपी म पूर्णरुपमा राजनीतिमा जाने सम्भावना छैन भन्दिन। म विवेकशील साझा पार्टीका केही युवा नेताबाट प्रभावित छु। उनीहरुले गरिरहेको कामले मलाई छोएको छ। उनीहरु जे विषय प्रवद्र्धन गरिरहेका छन त्यो राम्रो छ। म उनीहरुजस्तै त्यस्ता क्रियाकलापमा सक्रिय हुनसक्छु । तर मलाई लाग्दैन् कि म कट्टर राजतीतिको अंश बन्न सक्छु।

तपाई किन त्यस्तो भन्नुहुन्छ ? कुनै समय तपाई नेपाली कांग्रेसको चुनावी अभियानहरुमा संलग्न भएको देखिएकै हो? 

मैले त्यो सानुबुवा (गिरिजाप्रसाद कोइराला) का लागि गरेको हुँ। उहाँले जित्नुभयो र देशमा एउटा आशा र उत्साह थियो कि हामी एक स्थिर सरकार बनाउँदैछौं। तर लगत्तै उहाँलाई सत्ताबाट बाहिर निकाल्न षडयन्त्र सुरु भयो। आज पनि म हेरिरहेकी छु, राजनीतिक दलहरुको ध्यान सरकार बनाउने र ढाल्नेमै केन्द्रीत छ। हामीले भर्खरै निर्वाचन सम्पन्न गरेका छौं र एउटा पार्टी सबैभन्दा ठूलो शक्तिका रुपमा उभिएको छ। यसले सरकारको नेतृत्व गर्नुपर्छ, अन्य पार्टीहरु विपक्षीमा बस्नुपर्छ र चेतावनी दिने र सरकारलाई जवाफदेही बनाउनुपर्छ। तर मैले विजेता पार्टीलाई सरकार बनाउन दिनुहुन्न भन्ने व्यक्तिहरुको बारेमा कुरा गरिरहेकी छु। मेरो नजरमा आज पनि नेपाली राजनीतिको मौलिक विशेषतामा परिवर्तन आएको छैन्। यो कुनैपनि हालतमा सत्तामै चिप्किरहने विषयमै अझैपनि अल्झिएको छ। यद्यपी जनताको जनादेशले कुनै असर नगरोस । यसलाई बदल्नुपर्ने आवश्यकता छ।

हाम्रा नेताले पहिला देशको बारेमा सोच्न जरुरी छ। धेरै मानिसहरुले ‘अमेरिका पहिलो’ नीतिको पक्षमा रहेका डोनाल्ड ट्रम्पको आलोचना गर्छन्। तर मलाई लाग्छ कि उनी प्रत्येक नेतालाई आफ्नो देशलाई पहिला अर्थात प्राथमिकतामा राख्नका लागि सन्देश दिइरहेका छन्। हाम्रा नेताहरुले भारत वा चीनलाई दोष दिनुभन्दा आफू र आफ्नो देशलाई हेर्नुपर्छ।

तपाईले यहाँ धेरै युवाहरुसँग अन्तरक्रिया गर्नुभएको छ, के पाउनुभयो?

राजनीतिमा भएका सबै खराब कुराबाहेक म हाम्रो देशमा धेरै राम्रा पक्षहरु देखिरहेको छु। युवाहरु सचेत र राजनीतिक रुपमा सजग र स्मार्ट छन्। विभिन्न प्रकारमा मिडिया र इन्टरनेटको पहुँचले उनीहरुलाई तर्कसंगत बनाएको छ। जीवनको लक्ष्य परिवर्तन भएको छ। कैयौं क्षेत्रमा सकारात्मक परिवर्तन भएको छ। हामीले ती परिवर्तनलाई अझै गति दिन आवश्यक छ।

तपाई आफूलाई आगामी ५ वा १० वर्षमा कुन स्तरमा पुग्छु भन्ने देख्नुहुन्छ?

भनिएको छ कि मानिसले योजना बुन्छ तर भगवानले षडयन्त्र गर्छ (हाँस्दै...)। यसकारण मसँग निश्चित योजना छैन। तर म आफ्ना साथी र परिवारसँग मिलेर आफूले आफैलाई सुधार्नमा ध्यान केन्द्रीत गर्नेछु। म रचनात्मक कार्यमा आफूलाई समावेश गराउन चाहन्छु। म यस्तो केही गर्नसकुँ जसले समाजमा योगदान दिओस्। मैले सोचेको छैन यस्तो गर्दा के होला। म यात्रा गरिरहेकी छु र केही परियोजनामा काम गरिरहेकी छु । मेरा अभिभावक यहाँ छन् । म अब साधारणतया काठमाडौंमै बस्छु।

 

प्रकाशित: २५ पुस २०७४ १७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App