म्याथ्युजलाई पुनः जिम्मेवारी

बिहिबार, २७ पुष २०७४, ०६ : ४८ एजेन्सी


कोलम्बो – श्रीलंकाले मंगलबार अलराउन्डर एन्जेलो म्याथ्युजलाई पुनः सीमित ओभरको खेलका लागि कप्तानको जिम्मेवारी दिएको छ । म्याथ्युजले टोलीको लगातार असफल प्रदर्शनमा आफू जिम्मेवार रहेको भन्दै ६ महिनाअघि एकदिवसीय र ट्वान्टी–२० टोलीको कप्तानबाट राजीनामा दिएका थिए  ।

नयाँ प्रशिक्षक चाण्डिका हाथारुसिंहासँगको छलफलपछि म्याथ्युज पुनः कप्तानको जिम्मेवारी लिने निर्णयमा पुगेको श्रीलंका क्रिकेट बोर्डका अध्यक्ष थिलंगा सुमाथिपालाले बताए ।

म्याथ्युजले राजीनामा दिएपछि सीमित ओभरको खेलका लागि उपुल थारंगालाई कप्तानको जिम्मेवारी दिइएको थियो । थारांगाको नेतृत्वमा पनि टोलीले सोचेअनुरूप नतिजा हात पार्न नसकेको भन्दै श्रीलंका क्रिकेटले अलराउन्डर थिसारा परेरालाई कप्तानीको जिम्मेवारी दिएको थियो । तर हालै सम्पन्न भारत भ्रमणमा लज्जास्पद हार बेहोरेपछि बोर्डले परेरालाई कप्तानबाट बर्खास्त गरेको थियो ।

‘टोली खराब लयबाट गुज्रिरहेको छ । हामी विश्वकप २०१९ का लागि बलियो टोली निर्माण गर्नका केन्द्रित हुन आवश्यक छ,’ ३० वर्षे म्याथ्युजले भने, ‘एउटा टोलीमा बलियो नेतृत्व नहुँदा धेरै समस्या आउँछ । त्यसैले टोलीलाई नेतृत्व प्रदान गर्न क्रिकेट बोर्डले गरेको प्रस्ताव स्वीकार गरेको हुँ ।’ यसै महिनाको अन्त्यमा बंगलादेशमा हुने शृंखलासँगै म्याथ्युज पुनः कप्तानको जिम्मेवारीमा फर्कनेछन् ।
 

अनियमितता नगरेको दाबी
कोलम्बो  – श्रीलंका क्रिकेट बोर्ड (एससिएल) ले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आफूहरूविरुद्धको खेलमिलेमतो तथा अनियमितताको मुद्दामा कुनै प्रमाण हात नपारेको बताएको छ ।

पूर्वकप्तान अर्जुना रणतुंगाले लगातारको खराब प्रदर्शनमा क्रिकेट बोर्ड जिम्मेवार भएको र खेलाडीसमेत खेलमिलेमतोमा परेको हुन सक्ने भन्दै स्वतन्त्र छानबिनको माग गरेपछि आइसिसीले अनुसन्धान सुरु गरेको थियो ।
एससिएलका कार्यकारी अधिकृत एस्ले डी सिल्भाले आइसिसीको टोलीले सेप्टेम्बरमा श्रीलंका भ्रमण गर्दै छानबिन गरेको बताए ।
‘बोर्डमाथिका आरोप तथ्यहीन थिए । आइसिसीको टोलीले हाम्राविरुद्ध गरेको छानबिनमा केही प्रमाण नभेट्टाउनुले हामीमाथि लागेको आरोप आधारहीन हो भन्ने प्रस्ट गर्छ,’ सिल्भाले भने ।

आइसिसीले श्रीलंका क्रिकेटमाथि गरेको छानबिनपछि लिइएको निर्णयबारे औपचारिक रूपमा केही बताएको छैन ।
आइसिसीले गत सेप्टेम्बरमा श्रीलंकामाथिको छानबिन प्रक्रिया सुरु गरेको बताएको थियो ।
 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अस्मिता ‘राइजिङ स्टार’

अस्मिता ‘राइजिङ स्टार’

जधानीको गोल्फुटारस्थित लोयल्टी एकेडेमीमा अध्ययनरत अस्मिता खड्का यो वर्षको ‘राइजिङ स्टार’ विजेता बनेकी छन्। ...

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई ‘अजर अमर सम्मान २०७५’ बाट सम्मान गरिने भएको छ । संगीतकार संघ नेपालले शुक्रबार काठमाडौंबाट...

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

पछिल्लो समयमा प्रेमकथाका फिल्म बन्ने र रिलिज हुने क्रम बढ्दो छ । यही मेसोमा प्रेमकथाकै कुरा बोल्ने नयाँ फिल्म ‘प्रेमवाणी’को...

बिटुडी र प्रितमलाई एक लाख

बिटुडी र प्रितमलाई एक लाख

आगामी जेठ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बेबी आइ लभ यू’को गीत ‘कान्छी मायालु’ गाउने र यसको उत्कृष्ट कभर भिडियो...