६ वैशाख २०८१ बिहीबार
खेल

आर्मी पुरुष र एपिएफ महिला च्याम्पियन

काठमाडौं – नेपाल आर्मी र एपिएफ राखेप च्याम्पियनसिप अन्तर्गत २७औं पुरुष र आठौं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेका छन् । नेपाल आर्मी पुरुष तथा महिलामा एपिएफ टिम च्याम्पियन भए ।
बुधबार सम्पन्न प्रतियोगितामा आर्मीले पुरुषतर्फका ८ स्वर्ण, १ रजत र १ कांस्य जित्दा महिलामा एपिएफले ३ स्वर्ण ४ रजत १ कांस्यसहित च्याम्पियन भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

पुरुषतर्फ  झापा जिल्ला १ स्वर्ण, १ रजत र १ कांस्यका साथ दोस्रो हुँदा नेपाल पुलिस १ स्वर्ण र ४ कांस्यसहित तेस्रो भयो । त्यस्तै महिलातर्फ आर्मीले ३ स्वर्ण, २ रजत र ३ कांस्य हात पार्दै दोस्रो हुँदा पुलिस १ स्वर्ण र २ कांस्यका साथ तेस्रो भयो । आर्मीका प्रेम चौधरी पुरुषतर्फका उत्कृष्ट खेलाडी चुनिँदा महिलातर्फ आर्मीकै विमला श्रेष्ठले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका झापाका प्रकाश लिम्बु इजाम र ललितपुर टीकाथलीका जेनिस राई उदीयमान खेलाडी घोषित भए । उनीहरूलाई झापा जिल्ला बक्सिङ संघले जनही पाँच÷पाँच हजार नगद पुरस्कार प्रदान ग¥यो ।  

झापाको बिर्तामोडमा सम्पन्न प्रतियोगितामा महिलातर्फ ४८ केजीमा नेपाल आर्मीकी ललिता महर्जन, ५१ केजीमा एपिएफकी माला राई, ५४ केजीमा विमला श्रेष्ठ, ५७ केजीमा नक्सालकी कुसुम तामाङ, ६० केजीमा एपिएफकी संगीता सुनार, ६४ केजीमा आर्मीकी पुनम रावल, ६९ केजीमा नेपाल प्रहरीकी अनुराधा लामा तथा ७५ केजीमा एपीएफकी सरस्वती राना च्याम्पियन भए ।

यसै गरी पुरुषको ४९ केजीमा आर्मीका तेजबहादुर देउबा, ५२ केजीमा आर्मीका प्रेम चौधरी, ५६ केजीमा आर्मीका विमल रोका, ६० केजीमा आर्मीका एकबहादुर घले, ६४ केजीमा नेपाल प्रहरीका भूपेन्द्र थापामगर, ६९ केजीमा आर्मीका विष्णु घले, ७५ केजीमा आर्मीका दीपेश लामा र ८१ केजीमा झापाका मनोहर बस्नेतले स्वर्ण पदक जिते । त्यस्तै ९१ केजीमा आर्मीका श्याम खड्काले स्वर्ण पदक हात पार्दा ९१ केजीभन्दा माथि आर्मीका आशिष दुवाडी च्याम्पियन भए ।

प्रकाशित: २७ पुस २०७४ ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App