८ वैशाख २०८१ शनिबार
कला

जापानमा ‘पिंजडा ब्याक अगेन’

काठमाडौं – आगामी  माघ ४ गतेबाट नेपालमा रिलिज हुन लागेको फिल्म ‘पिंजडा ब्याक अगेन’ जापानमा पनि प्रदर्शन हुने भएको छ । नेपाल रिलिजको १० दिनपछि जापानमा जनवरी २८ मा फिल्मको सो हुनेछ ।

सोमा निर्देशक हिमाल केसीसँगै अभिनेता निखिल उप्रेतीले सहभागिता जनाउनेछन् । जापान जानका लागि काठमाडौंस्थित जापानी राजदूतावासले निखिल र हिमालसँगै अभिनेत्री सञ्चिता लुईंटेललाई जापानका लागि भिसा दिइसकेको छ ।

निर्देशक केसीका अनुसार जापानमा रहेको क्लासिक युथ जापानले त्यहाँ फिल्म प्रदर्शनको चाँजोपाजो मिलाएको छ । ‘टोकियोको प्रदर्शनपछि अन्य सहरमा पनि भिन्न भिन्न मितिमा फिल्म देखाइनेछ,’ उनले भने । श्रीराम बरालको प्रस्तुति तथा रोहित पुरी र गोविन्द गैरेको निर्माण रहेको फिल्ममा निखिलसँगै सारा सिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदीप दाहाल, कुशाग्र भट्टराइसँगै केही दिन पहिले मात्रै दिवंगत भएकी विना थापाको अभिनय छ । फिल्ममा मौनता श्रेष्ठको पटकथा र राजनराज सिवाकोटी तथा अर्जुन पोखरेलको संगीत छ ।
 

प्रकाशित: २७ पुस २०७४ ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App