अन्तर कोरियाली वार्ताले राम्रो उर्जा दिएको छ : राष्ट्रपति ट्रम्प

बिहिबार, २७ पुष २०७४, १४ : २४ एजेन्सी


वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा राम्रो उर्जा दिएको बताए। 

हालै दक्षिण कोरियामा सम्पन्न भएको दुई कोरियाबीचको वार्ताको बारेमा बुधबार प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले सो धारणा राखेका हुन्। 

उनले यसबाट सकारात्मक फाइदा लिँदै अगाडि बढ्न र आगामी दिनमा सौहार्द रुपमा वार्ताको माध्यमबाटै सबै समस्याको समाधान गर्ने मार्गमा लाग्न पनि आग्रह गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

बिगत लामो समयदेखि नै सत्रुतापूर्ण सम्बन्ध रहेका उत्तर र दक्षिण कोरियाबीच गएको कम्तीमा पनि दुई वर्षपछि मङ्गलबार पहिलो पटक यति उच्चस्तरमा औपचारिक वार्ता भएको हो। 

यो वार्तापछि वातावरण निर्माण भएकोले सम्बन्ध सुधारका लागि थप केही गर्नुपर्नेमा दक्षिण कोरियाली राष्ट्रपति इनलाई पनि राष्ट्रपति ट्रम्पले आग्रह गरेका हुन्। 

मङ्गलबारको वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्ना खेलाडी र प्रतिनिधिहरू पठाउने भएको जनाएको छ। दुई वर्षपछि भएको भए पनि मङ्गलबारको वार्तापछि यी दुई देशको सम्बन्धमा सुधार आएको बताइएको छ। 

बुधबार ह्वाइट हाउसमा आयोजना गरिएको नर्वेजियन प्रधानमन्त्रीसहितको संयुक्त पत्रकार सम्मेलनमा उनले भने– सो वार्तामा धेरै सकारात्मक कुराकानी भएका छन् र आगामी दिनका लागि पनि सो वार्तामा नयाँ विषयवस्तुहरुले प्रवेश पाएका छन्। 

उनले भने– कोरियाली प्रायद्वीपमा जारी रहेको द्वन्द्वको समाधानका लागि शान्तिपूर्ण समाधान आवश्यक छ र यसको विकल्प शान्ति वार्ता नै हो। 

मङ्गलबार भएको छलफलमा विशेषगरी यसै खेलकूदका विषयमा बढी कुराकानी भएको थियो। छलफलका विषयवस्तुहरुको सीमितता रहेको दक्षिण कोरियाको भनाई छ। 

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका बारेमा पनि सो वार्तामा प्रसंग उठेको बताइएको छ। तर यस विषयमा कुनै सहमति हुने वा केही एजेण्डा पास हुने काम भने भएको छैन। 

उत्तरका नेतासँग वार्ता गर्न तयार छु: राष्ट्रपति इन 

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले पनि आफू उत्तर कोरियाली नेतासँग भेटेर कोरियाको आन्तरिक विषयमा वार्ता गर्न तयार रहेको बताएका छन्। 

राष्ट्रपति इनले हाल कोरियाली प्रायद्वीपमा देखिएको समस्या समाधानका लागि तथा दुई कोरियाबीचको सम्बन्धमा सुधारका लागि भेटघाट र वार्ता गर्नुपर्दछ र त्यसका लागि हामी तयार छौँ भने। 

उनले दुई वर्षपछि भए पनि वार्ताको वातावरण बन्नु र वार्ता हुनु निकै महत्वपूर्ण कुरा हो भन्दै यसबाट अब आगामी दिनमा दुवै कोरिया र कोरियाली प्रायद्वीपमा सहज वातावरण निर्माणका लागि आफूहरु तयार रहेको धारणा उनले राखे। 

गत वर्षमात्र दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित मुनले नयाँ वर्षका अवसरमा अर्थात् गत जनवरी १ मा दिएको शुभकामना सन्देशमा पनि सम्बन्ध सुधारका लागि कोरियाली सम्मेलन (कोरिया समिट) को आयोजना गर्न सुझाव दिएका थिए। 

साथै उत्तर कोरियाली नेता किम जोङ उनले पनि नयाँ वर्षको सोही सम्बोधनको क्रममा आफूहरु दक्षिण कोरियाको प्रस्तावमा वार्तागर्न तयार रहेको प्रतिक्रिया दिएका थिए। 

त्यसै बमोजिम विकसित परिस्थिति अनुसार उत्तर र दक्षिण कोरियाको वार्ता सम्भव भएको थियो। सो वार्तालाई निरन्तरता दिन र कोरियाली प्रायद्वीपमा जारी तनावपूर्ण अवस्थाको सुधार गर्न संयुक्त राष्ट्रसंघले पनि आग्रह गरेको छ। 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

मैनालीले ल्याए ‘नसुतेको रात’

मैनालीले ल्याए ‘नसुतेको रात’

गजलकार डा. प्रदीप मैलानीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन्। काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. गंगाप्रसाद...

अस्मिता ‘राइजिङ स्टार’

अस्मिता ‘राइजिङ स्टार’

जधानीको गोल्फुटारस्थित लोयल्टी एकेडेमीमा अध्ययनरत अस्मिता खड्का यो वर्षको ‘राइजिङ स्टार’ विजेता बनेकी छन्। ...

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई ‘अजर अमर सम्मान २०७५’ बाट सम्मान गरिने भएको छ । संगीतकार संघ नेपालले शुक्रबार काठमाडौंबाट...

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

पछिल्लो समयमा प्रेमकथाका फिल्म बन्ने र रिलिज हुने क्रम बढ्दो छ । यही मेसोमा प्रेमकथाकै कुरा बोल्ने नयाँ फिल्म ‘प्रेमवाणी’को...