८ वैशाख २०८१ शनिबार
प्रविधि

सेल्फीका लागि दैनिक ४५ मिनट खर्चन्छन् युवती

एजेन्सी–युवायुवतीमा सेल्फीको नशा र क्रेज बढ्दै जादाँ एक अध्ययनले युवतीले युवाको तुलनामा सेल्फीकालागि धेरै समय खर्चने देखाएको छ।
मिमर नामक अनलाइनले १६ देखि २५ वर्ष उमेर समूहका करिब २ हजार युवतीमाझ गरेको उक्त अध्ययनले  युवतीले सेल्फीकालागि दैनिक ४५ मिनट खर्चने र हप्तामा सरदर ५ घण्टा ३६ मिनेट खर्च गर्ने देखाएको हो।

अध्ययनका अनुसार उनीहरुले दिनमा ३ वटा सेल्फी लिने गर्दछन्। जसमा उनीहरुले प्रत्येक सेल्फीकालागि १६ मिनेट खर्च गर्दछन्। अध्ययनले सेल्फी संस्कृतिका रुपमा विकास भएको र यसले मानिसमा आत्मकेन्द्रित बनाएको जनाएको छ। अध्ययनमा सहभागी अधिकाशंले फेसबुक, ट्विटर तथा इन्स्ट्राग्राम जस्ता सामाजिक संजालमा पोस्ट गर्न सेल्फी लिने गरेको जनाएका थिए।

 

प्रकाशित: २६ श्रावण २०७३ ०८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App