नवयुगको गोलले त्रिभुवन आर्मी सेमिफाइनलमा

बिहिबार, २७ पुष २०७४, २१ : ४५ नागरिक


धनगढी – धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ अन्तर्गत विहीबार भएको खेलमा त्रिभुवन आर्मीले थ्री स्टारलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

आर्मीले थ्री स्टारलाई एकका विरुद्ध दुई गोल गरी सेमिफाइनलको यात्रा तय गरेको हो। हारसँगै थ्री स्टारको अघिल्लो यात्रा रोकिएको छ। आर्मीका नवयुग श्रेष्ठले पहिलो हाफको शुरुमै गोल गरेर आफ्नो टोलीलाई अग्रता दिलाएकामा दोस्रो हाफको ४९औँ मिनेटमा आर्मीकै सुमन अर्यालले अर्को गोल थपेका थिए।

पहिलो हाफमा आर्मी थ्री स्टारमाथि पूर्ण रुपमा हावी भएको थियोे। दोस्रो हाफको ५३ औँ मिनेटमा थ्री स्टारका निराजन खड्काले गोल फर्काएपछि प्रतिष्पर्धा रोमाञ्चक बनेको थियो। त्यसपछि थ्री स्टारले लगातार आक्रमण गर्दै आर्मीलाई दवावमा राख्न सफल भए पनि गोल भने गर्न सकेन। थ्री स्टारको प्रहारलाई आर्मीका गोल रक्षकले गोल हुनबाट विफल पारेका थिए।

आर्मीका टिम क्याप्टेन भरत खवास ‘म्यान अफ द म्याच’ घोषित भई पुरस्कृत भए।  बलियो प्रतिद्वन्द्वीविरुद्ध आफ्नो टोलीले समयमै गोल गरेकाले जीत प्राप्त गरेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बताए। थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले राम्रो खेल्दा खेल्दै पनि सानो कजोरीका कारण दुई गोल खाएर पराजय भोगेको बताए।  शुक्रबार मनाङ मस्र्याङ्दी र रुपन्देही–११ का बीच खेल हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले जनाएको छ। रासस






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अक्षय कुमार घाइते

अक्षय कुमार घाइते

बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।...

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त...

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदी अरेबियामा पहिलोपटक फेशन शो भएको छ। साउदीको रियादमा सम्पन्न उक्त फेशन शोमा दर्शक भने महिलाहरूमात्र थिए।  उक्त फेसन शोमा सहभागी...

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

स्कटल्यान्ड तपाईंको ‘ड्रिम कन्ट्री’ हो र पर्दामै भए पनि त्यहाँका दृश्य देख्दा तपाईंको मन रमाउँछ भने ‘लिलि बिली’ हेर्नु राम्रै...